Posted by: Birkhe_Maila April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

सुचना! सुचना! सुचना!


यस चौतारी गाउँमा चौतारी रसरंग प्रधान र अन्य पदभार सम्हालि आएका, वर्ष बत्तिस, गफ गर्न खप्पिस, अनुहार हेर्दा काले चौतारिकै पाले, हिँड्दा भुइँ थर्कने, सुत्दा खाट मर्कने, पापा मागे लाप्पा खुवाउने, अरुलाई देखाई देखाई हसुर्ने, एउटा कानले सुनेर अर्को कानले उडाउने, भित्ते पहलवान श्री लहरेकान्त लाकौल को हालै चौतारीमा देखिएका कृयाकलापलाई मध्यनजर राख्दै चौतारी मन्त्रिपरीषद् यो सुचना निकाल्न बाध्य भएको छ। चौतारीकै गरीमामा आँच आऊनेगरि निजको कृयाकपाल बढ्न गएकोमा चौतारी मन्त्रीपरीषद् सम्पूर्ण चौतारीका औतारीहरुमा यो अनुरोध गर्दछ कि, आजका मिती देखि कसैले निज लाकौल ठुस्स परेको देखे मुख च्यातेर हँसाइदिनुहोला, बत्तिसै दाँत देखाएर हाँसेको भेटे मुखमा प्वाक्क हानेर भ्वाक्क चुप लगाइदिनुहोला, हिँडेको भए डोरिले बाँधेर  मोसामा चढेर निजलाई कुदाईदिनुहोला, बसेको भए टुप्पि तानेर उठाइदिनुहोला, उठिरहेको भेटिएमा टाउकोमा ठ्याम्म हानेर थुचुक्क बसाईदिनुहोला, रिन मागे उल्टो भएको पैसा खोसिदिनुहोला, पैसा कसैलाई दिन खोजे भएभरको लिइदिनुहोला, भोक लाग्यो भन्यो भने लौरोले खुवाउनुहोला, पानी मागे जाँड दिनुहोला, जाँड मागे रउसि दिनुहोला, रउसि मागे खल्लो पानीमा डल्ल्याइदिनुहोला।  गरेको भेटिए  यस्तो बनाइदिनुहोला।


धन्यवाद्


लहरेकान्त लाकौल सुधार समिती


चौतारी मन्त्रिपरीषद्

Read Full Discussion Thread for this article