Posted by: nakkali keti March 31, 2009
एउटा चिसो रात
Login in to Rate this Post:     0       ?        
उ मेरा हातहरु
बेस्सरी समएर रोइरही मानौँ मेरा हातहरुमा उस्का सम्पूर्ण ब्यथा पोखिरहिकी
छे। म त्यो खहरेलाई रोक्न चाहन्न थें त्यसैले मौन रहें।


उ बिस्तारै स्थीर भइ।  मैले उस्लाई हेरिरहें। उस्का निला आँखाहरु झनै उदास भए। " बिबेकले बिहे गर्दै छ" उस्ले कोटको बाहुलाले आँसु पुछ्दै
बिस्तारै भनी। " को सँग?" मेरो मनमा चिसो पस्यो।           " नेपाली केटी सँग" उस्ले यती मात्र भनी। म अवाक भएँ।

बिबेक र म एउटै स्कुलमा पढ्थौँ।  स्कुल पछी हाम्रो खासै संपर्क भएन। सँयोगबस पछी यहाँ एउटै युनिभरसिटिमा एड्मीसन गरेंछौ। नेपालीहरु सार्है कम भएको  यो 
युनिभरसिटिमा हामी अपार्टमेन्ट बाँडेर बस्न थालौँ। बिबेक गम्भिर स्वभाबको थियो, पढाई प्रती सधैं लगनसिल। हुन त मान्छेहरुले हाम्रो जोडी मिलाउन नखोजेका होइनन तर खै किन हो कुन्नी हामी बिच त्यो भावना कहिल्यै मौलाएन। प्रेम गर्नुको कारण नभए जस्तै नगर्नुको पनि कारण हुँदैन रहेछ। उ जेनिनसँग नजिक हुँदै गयो। उनिहरु लाइब्रेरिमा सँगै काम गर्थे। जेनिन एक अमेरिकि, हँसिलो अनुहार भएकी, बोलिरहन मन पराउने। फरासिलो स्वभाब भएकी जेनिनसँग मेरो मित्रता पनि छिट्टै गाँसियो।

हामी ३ जनाले कयौं रमाइला पलहरु सँगै बाँडेका थियौं। तर आज जेनिनले सुनाएको कुरा मेरो कल्पना भन्दा बाहिर थियो। म स्तब्ध थिएँ। " बिबेकले किन बिहे गर्न लाग्यो? उ त बिहे गर्न भनेर नेपाल गएकै होइन।
के उस्को जेनिनसँग जीवन बिताउने बिचार  थिएन?" अनेक थरी प्रश्नहरु मेरो माथिङलमा घुमिरहे। "यती ठुलो ब्यथा पोख्न उ मकहाँ आएकी छे मैले केही भन्नु पर्छ" म बौरिएँ। " यो कुरा सुनेर सार्है दु:ख लाग्यो"  भनेर म उस्को पिडाको अबमुल्यन गर्न चाहन्न थेँ। त्यसो भए के भनौं त ? उस्को साथी को  नाताले  "पिर नगर, तिमीले अर्को राम्रो केटा पाउँछौ" भनौं कि बिबेकको साथीको नाताले उस्को वकालत गरौं वा "त्यस्तो पनि गर्ने हो भनेर उस्को निन्दा गरौं" म फेरी अर्को भुमरिमा परें। "मेरो केही सामान लैजानु छ" भनेर उ बिबेकको कोठामा पसी। सधैं पतर पतर गर्ने मलाई आज शब्दहरुको साँच्चै ठुलो खडेरी पर्‍यो। उ आफ्ना टुटे फुटेका स्‍मृतिहरु समेटेर बाहिर आइ। मैले ढोकानेर पुगेर उस्लाई अँगालो मारें। उस्का आँखा फेरी रसाए।

 "कस्तो नौटंकी रहेछ। गधा! कमसेकम मलाई भनेर गएको भए म जेनिनलाई बोकेर आउँथे र त्यस्को बिहेमा? यो केटाहरुको जात नै नहुने..... के ठान्छन यिनिहरुले केटीहरुलाई?" म रीसले तातिदै इमेल हेर्न थालें। नभन्दै बिबेकले इमेल गरेको रहेछ।

प्रिती तँलाई अचम्म लाग्छ होला। म बिहे गर्दै छु। मलाई पनि 
अचम्म लागिरहेको छ। हेर अहिले सम्म केही नराम्रा  काम गरिन। सधैं आफुलाई सबै कुरामा सछम प्रमाणित गरें। तर पनि मेरो बुवा आमाले मेरो आफ्नै जीवनको एउटा फैसलामा विश्वाश गर्न सक्नु भएन। हो  म अहिले झगडा गर्न सक्छु। केही नभनी फर्किन सक्छु। तर आफन्तसँग के को संघर्स। आफन्त सँग त सहयोग हुन्छ, सहकार्य हुन्छ। त्यसैले म समर्पण गर्दै छु।  मैले एकजनालाई रुवाएर यहाँ धेरैलाई हँसाएको छु। तर म आफु भने त्यही एक जनाको लागि रोइरहेको छु। म यि कुराहरु जेनिनलाई बुझाउन सक्दिन। तैले त पक्कै पनि बुझ्छस होला। मलाई माफ गरिदे।

"म बुझ्छु तेरो परिस्थिती" मैले मन मनै भनें। बाबु आमाले छोरा छोरी 
छोरा छोरी मात्र नभएर एउटा अर्को मान्छे पनि हो भन्ने यथार्थ बुझिदिएको भए आज बिबेकले यो सम्झौता गर्नु पर्ने थिएन होला। सम्झौतामा गाँसिएको सम्बन्ध सफल हुन्छ भन्ने के ग्यारेन्टि? जाडोले चिसो भएको मेरो रात दुई प्रीय साथीहरुको बिछोडले झनै चिसियो। म निदाउन सकिन।

समाप्त

 

Read Full Discussion Thread for this article