Posted by: babbal123 March 31, 2009
!!!!How Pathetic is our Primeminister Prachh.......ande!!!!
Login in to Rate this Post:     0       ?        


प्रधानमन्त्रीद्वारा जलविद्युत् परियोजना उपहारका लागि नर्वेसँग आग्रह


 स्रोत: कान्तिपुर


प्रधानमन्त्री
पुष्पकमल दाहालले लोडसेडिङ्को सामना गरिरहेको नेपाललाई तत्काल एउटा
जलविद्युत् परियोजना उपहार दिन नर्वेसँग आग्रह गरेका छन् ।



नर्वे भ्रमणका क्रममा भएका विभिन्न उच्चस्तरिय
भेटवार्तामा उनले जलविद्युत्मा लगानि गर्न आग्रह गर्दै उपहार परियोजनाको
अवधारणा अघि सारेका हुन् । नेपाली प्रतिनिधिमण्डलले उपहार परियोजनाबारे
स्पष्ट नपारेपनि खिम्ति दोश्रो वा तामाकोशी तेश्रोमध्ये कुनै एकमा लगानी
गर्न आग्रह गरेको हो ।


तामाकोशी वा खिम्तिमध्ये कुनै एक परियोजना उपहारका
रुपमा पाउनसक्ने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर
थापाले जानकारी दिए । दाहालसँगको भेटमा नर्वेली समकक्षी जेन्स
स्टोलटेनवर्गले आफ्नो सरकारले सिधै जलविद्युत्मा लगानी गर्न नसक्ने उल्लेख
गर्दै निजी कम्पनि मार्फत लगानि गर्ने बताएका थिए ।


नर्वेजियन कम्पनिमार्फत एसएन पावरले तामाकोशी तेश्रोको
सम्भाब्यता अध्ययन गर्न अनुमति पाइसकेको छ भने खिम्तिमा नर्वेको लगानी छ ।
नर्वेले खिम्ति दोश्रो र तामाकोशी तेश्रोमा विशेष चासो राख्दै आएको छ ।





उपहर पनि यो देउ र उ देउ रे | केटाकेटि जस्तो | प्रचन्दे ले हसऔच| अनि बिदेशि सहयोग चहिदैन भनेर नारा लौदै हिद्थे हैन| सहयोग  चहि नलिने होल तर गिफ्त चहि लिने होला न |
Read Full Discussion Thread for this article