Posted by: purana kagaz March 30, 2009
पारसले नेपाल फर्केर नयाँ पार्टी खोल्ने
Login in to Rate this Post:     0       ?        

 

सिंगापुरको ‘द न्यु पेपर’ पत्रिकामा पारस आज लगातार तेस्रो दिन पनि छाएका छन्। सिंगापुरस्थित माइसंसारका पाठक उमेश खनालको सौजन्यमा प्राप्त आजको अङ्क हेर्दा उनले नेपाल फर्किएर नयाँ राजनीतिक पार्टी खोल्ने योजना सार्वजनिक गरेका रहेछन्। उनी भन्छन्, “नेपाल फर्कने नै मेरो योजना छ। नेपाललाई मेरो आवश्यकता छ। अपराध र हिंसा चुलिएको छ। सबै किसिमका अभावहरु छन्- पेट्रोल, डिजेल, मट्टितेल, ग्यास। मानिसहरु भोकै छन्। लोडसेडिङले दिनको चार घण्टा बत्ती पाउनु पनि भाग्य भएको छ। माजनतालाई राम्रो सरकार चाहिएको छ। त्यसैले जब उपयुक्त समय आउँछ, तब म फर्कनेछु र देशलाई नेतृत्व दिनेछु।”

“तर यस पटक म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाहरुको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसहरुको।”

Last edited: 30-Mar-09 10:29 PM
Read Full Discussion Thread for this article