Posted by: fucheketo March 29, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        


उ कोल्टे फर्कियो माया बिस्तारै उसको छेवैमा लडेको उसले अनुभव गर्यो  ।आखिर किन उ समानान्तर रुपमा मायासँग दुरि साट्दैछ । माया त उसको समिप आउन चाहन्थि त ! उसले सोच्यो । हैन नहतारिएकै ठिक छ , उ बिस्तारै बिस्तारै मात्र मायाको मनमा माया पलाएको हेर्न चाहन्छ । सुरुचीकोमा उ हतारिएर नै सुरुचीले उसको महत्व बुझ्न नसकेकी हो । माया जब उसको एक स्पर्शको लागि पनि ब्याकुल हुनेछे तब मात्र उसको आचित्य बुझ्नेछे र वास्तविक युद्ध उसले त्यतिबेला जित्नेछ ।त्यतिखेर उ बिजयोत्सव मनाउनेछ एक्लै पिएर उ मातेर स्टोरमा थन्क्याएको खाटमा गएर लड्नेछ । उ त्यहि लाशमाथि बिजयोत्सव मनाउनेछ ।



      झिसमिसे उज्यालो उषाका किरणहरु नउदाए पनि आफ्नो साम्राज्य फैलाउन खोज्दै थियो उसले उठेर पल्टिरहेकी मायालाई नियाल्यो ।मायाको अनुहारको सन्तुष्टि उसको अनुसन्धानको बिषय बन्यो ! उसले त मायाको अनुहारमा आफ्नो लागि ब्यग्रता हेर्ने चाहेको थियो , उसको अनुहार मा उद्वेग हेर्न चाहेको थियो ।तर माया उसलाई सन्तुष्ट लागी , उ आफु असन्तुष्ठ भयो ,आखिर माया किन सन्तुष्ठ
भई ?

      हुनसक्छ उसको सामिप्यताले ,उसका बोलिले मायालाई बिना स्पर्श नै सन्तुष्ठि दिन्छ ,सुरुचीले सात वर्षमा उसलाई जति बुझिन मायाले क्षणमा नै पाना पाना पल्टाइदिई र त उ सन्तुष्ठ छे ,जुन कुरा सम्पुर्ण रुपमा आफ्नो हो भन्ने थाहा हुन्छ त्यो त आखिर ढिलो आओस् चाँडो आओस् नजिक अवश्य आउँछ ,त्यसमा ब्यग्रता किन ?त्यो त एउटा चिन्तन पछिको ग्यान जस्तो हो ,एउटा दत्तदित्त भएर गरेको समाधि हो जसमा माया लिन भएकी लागि !!!! माया उसलाई क्षणमा नै महान लागी ,सुरुचि
साँच्चै केटाकेटी छे मायाको अघि , उ गजक्क पर्यो बाहिर झ्यालको पर्दा खोल्यो बिहान गुलाबि हुँदै थियो किरणहरु अवरोध चिर्न खोज्दै थिए यस्तो राम्रो मौसम उसले देखेको थिएन ।

      माया !!!!!!!!!!!

  बिस्तारै मायाको नजिक गएर बोल्न चाह्यो नजिकै गयो पनि तर शब्दहरु कता कता अड्के जस्तो उसले खुशि पचाउन नसके जस्तो लाग्यो , उ फेरि खाटमा गएर नजिकै बसी । माया उसलाई नजिकै देखेर झस्किई थोरै सकपकिई अनि फेरि एकटक हेरीरही !

कति चाँडो उठेकी ?

       मायाको अचम्म यथावत रह्यो । उसले सोच्यो हिजो राति देखि भावना हरु मात्र उसलाई परिवर्तन गरिरहेका छन् , उ आफूलाई मात्र पेन्डुलमजस्तो घरि यता घरि उता घुमाइरहेछ जसले गर्दा उसका सम्पुर्ण ध्रुव घुमिरहेका छन् !!!!!

शाश्वत सत्य माया त यथावतै छे , उ किन यथावत छे ,जसरि मायाले उसको भावना मा छाप बनाउँदै छे त्यसरि नै उसले मायाको भावनामा छाप बनाउन नसकेको हुन सक्छ कि सक्दैन ? त्यसो भए उसले अघि बसेर त्यत्रो निर्क्यौल गरेर निकालेको निषकर्ष मायाले उसलाई धैर्यताका साथ पर्खिरहेकी छे भनेको के त ?

आज आँखा चाँडै खुल्यो ! उसको उत्तर साधारण थियो , उसले म रात भरी सुत्न सकिन ,तिमीले मलाई झस्क्याईदियौ जस्ता शाब्दिक फुलबुट्टा भरिन !

      उसले सोच्यो अघि म बेक्कारमै खुशि भएछु  माया ब्याकुल छैन किनकि मायालाई हिजो रातदेखि नै उसको अपेक्षा छैन । उ मायाको लागि सुरुचिले हराइसकेको युद्द हो तर मायाको हार त
फेरि उसैको हार भयो त्यसो भए त !!!!!!!!!!!!!

      म बाहिर निस्किन्छु एकछिन घुम्न ! उसले माया लाई जानकारी दिएको वा अनुमति
मागेको उसले आफैँ निर्क्योल गर्न सकेन !!!

      हामी मेरो घर कति खेर जाने ? मायाले  प्रश्न राखि । आज त साँचि दुल्हन फर्काउने दिन पो त ! कति खेर जाने आमाले तय गरिदिनुहोलानी उसले मनमनै सोच्यो ।

      त्यो तिम्रो घर हैन माइत हो ,अब त यहि हो
तिम्रो घर , आमालाई सोध न कति खेर जाने , म एकछिन बाहिर घुमेर आउँछु अनि !


       उ बाहिर निस्कियो । बिहानै बादल धुम्म भएछ ,पानी पर्ला जस्तो लाग्यो फर्किएर छाता
लिन जान चाह्यो । घरलाइ नियाल्यो फेरि सोच्यो आज हेरौँ न भिजेरै , म नभइसकेका
सम्भावना लाई काखि किन च्यापौँ ? बरु भिजिदिन्छु !!!

      आज टोल मौन थियो किनकि टोल पनि त हारेको थियो , आज उसले छाति फुकाएर हिँड्न पाएको थियो ।सोच्यो छाता नबोकेको ठिकै भएछ नत्र छाता भित्र को स्वाभिमानी हिँड्दैछ कस्लाई के थाहा संसारले उसको उठेको टाउको भन्दा माथिको छातामात्र त देख्दथ्यो ! पानी स्वाभिमानको लडाईँ पो रहेछ आफ्नो टाउको भन्दा माथि पनि केहि ओत राखेर बच्ने वा स्चाभिमान बन्दगि नराखिकनै भिज्ने भनेर !!!! उसलेनिर्णय गर्यो उ कहिल्यै छाता ओढ्नेछैन अब आजै आप्नो छातालाई पनि खाट थन्किएको स्टोरमा लगेर थन्क्याइदिनेछ ।

      उ घुमेर आयो , धेरै पछि उसले टोल यसरिघुमेको थियो । उसलाई गल्लि गल्लि आफ्ना लागेका थिए ।भित्ताका पोष्टरहरु होर्डिंग बोर्डहरु केहि नयाँ थिए केहि पुरानै भए पनि उसलाई राम्रा लागेका थिए , उसले हरेक भित्ता नियालेको थियो ,किनकि त्यो बाटो गुज्रिदा धेरै दिन पछि उसले टाउको उठाएको थियो । पछिल्ला दिनमा उ हतारमा गुज्रिदाँ मासु पसलेको मासु काटेको ठ्याक ठ्याक
आवाज बाहेक उसलाई केहि याद छैन , उ आफु परिवर्तन हुँदा पुरै टोल परिवर्तित थियो अब
टोल नछोड्ने उसको निर्णय थियो !!!!

क्रमश:

Last edited: 29-Mar-09 10:28 AM
Read Full Discussion Thread for this article