Posted by: dilettante8 March 28, 2009
chor fataha
Login in to Rate this Post:     0       ?        

पूर्वमन्त्री सुते सडकमा



सुजित महत


वीरगन्ज, चैत १५ - प्रहरीले निजगढको सडकमा शुक्रबार राति साढे ९ बजे बा४च २८६४ को पजेरो रोक्यो । नियन्त्रणमा लिएर प्रहरीले गाडी लैजानमात्र के खोजेको थियो, त्यसमा सवार पूर्वमन्त्री श्यामसुन्दर गुप्ता सडकमा उत्रे र त्यहीं

सुतिदिए । 

मन्त्री छँदा लिएको सरकारी गाडी फिर्ता लिने गृह मन्त्रालयको योजनाअनुसार उनको गाडी प्रहरीले समातेको थियो । नेपाल सद्भावना पार्टी -आनन्दीदेवी) का अध्यक्षसमेत रहेका गुप्ता पत्नीसहित जाँदै थिए । अचानक रोकिएपछि उनी सडकमा उत्रे र गम्छा ओछ्याई सुते । सँगै यात्रारत श्रीमती र अर्को गाडीमा रहेका कार्यकर्ता सबैले उनलाई साथ दिए । उनको सुताइले एकघन्टा सडक अवरुद्ध भयो । 'हामीले के गर्ने भनेर माथि सोध्यौं । माथिको आदेशअनुसार २४ गते फिर्ता गर्ने सर्तमा एक घन्टामा छाडिदियौं,' बारा प्रहरी प्रमुख माधव जोशीले भने । गृहले गाडी फिर्ताका लागि २ महिनाअघि पत्राचार गरे पनि प्रहरी सफल हुन सकेको थिएन । 

एक घन्टाबीच गुप्ता र प्रहरीको केही गर्मागर्मी भयो । गुप्ताले आफूलाई एक घन्टा सडकमा राखेकामा वीरगन्जस्थित मध्य क्षेत्रका सबै कार्यालय प्रमुख आई माफी माग्नुपर्ने अडान राखे ।

प्रहरीले भने कागज गरेर गाडी छाडिदिने अड्डी लियो । गुप्ता त्यसमा राजी भएनन् । अन्ततः म्याद राखेर गाडी दिन प्रहरी बाध्य भयो । गुप्ता भने पजेरो चढेर जनकपुरतर्फ हुइँकिए ।




Posted on: 2009-03-28 19:59:09


http://www.ekantipur.com/kolnepalinews.php?&nid=186699



Read Full Discussion Thread for this article