Posted by: Amazing March 27, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        


नेपाली मोडल भारतीय स्पर्धामा





कास


काठमाडौं,
चैत १२ - नेपाली युवक भारतको प्रसिद्ध मोडल प्रतिस्पर्धाको 'टप ट्वेन्टी
टु' मा छानिएका छन् । काठमाडौं बालुवाटारका कनिज कोइराला
'ग्ल्याडर्‍याग्स' पत्रिकाले मुम्बईमा गर्न लागेको म्यानहन्ट कन्टेस्टका
२२ सहभागीमध्येका हुन् जसको फाइनल शनिबार हुँदै छ ।

नेपालमा
मोडलिङ नगरे पनि कनिजले सानैदेखि रुचि भएको उनका साथी अविनाशकुमार
अग्रवालले बताए । 'ग्ल्याडर्‍याक्समा भाग लिने उसको सुरुदेखिकै इच्छा
थियो,' आफ्ना साथीको हौसला बढाउन लागिपरेका अविनाशले भने ।

क्रेडिट कार्डमार्फत वेबसाइट धधध।नबिमचबनक।ष्ल मा गएर कनिजलाई भोट दिई बेस्ट भ्युअर अवार्डका लागि भोट दिन सकिने उनले बताए ।

दीपेन्द्र
प्रहरी स्कुलबाट एसएलसी गरी बीएसम्म पढेका २५ वर्षे कनिज पाँच वर्षयता
नयाँ दिल्लीमा मोडलिङ गरिरहेका थिए । त्यहीँबाट उनले ग्ल्याडर्‍याग्समा
भाग लिन र्फम भरेका थिए । विश्वभरिबाट ७ हजारले आवेदन दिएमध्ये
भारतबाहिरबाट टप ट्वेन्टीमा पर्ने उनी मात्र हुन् ।

'मैले
वर्षौंदेखि मेगा मोडल बन्ने सपना देखेको छु,' उक्त प्रतिस्पर्धामा भाग
लिने क्रममा आफ्नो परिचय दिँदै उनले भनेका छन्, 'यो सपना साकार पार्न
ग्ल्याडर्‍याग्सभन्दा उपयुक्त अर्को प्लेटफार्म हुन सक्दैन ।'

उक्त म्यानहन्ट जितेका जोन अब्राहम, डिनो मरियाले बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् ।

From: Kantipur, March 26

Read Full Discussion Thread for this article