Posted by: बैरे March 27, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        
रोकियो भने उठाउ भनेर उु फेरी मेरो काधमा आरामले सुत्न बसी । मेरो जीवन धन्य भएको थिए। भूतलाई मन मनै - "कुनै दिन तेरो कमेरो म बन्छु भनेर म पनि थकान मर्न बसे।
 

 

त्यो ३-४ दिनको यात्रा कती चाडो बित्यो थाहा नै भएन । हामी ईन्डिया प्रबेश गरेर यात्राको अन्त्य भइसकेको थियो , च्यङ्ग्राले  फिल्म हेर्ने सुझाब राख्यो र त्यो सुझाबलाई नकार्न कसैले सकेन । हेरेको फिल्म भएपनि "कुछ कुछ होता है " हेर्न गइयो । मुभि हल भित्र मैय्यालाई समाउन खूब मन थियो तर आफु माथि काबू राखे ।

 

फिल्म सक्के पछी आफु त शाहरुक खान निश्चित थिए, तर उनलाई न त रानी न त काजोल नै भन्न मिल्थियो, रानी त सुरुवातमै चिलिम फर्केको थियो, काजोल भनु भन्ने, आफु विबाहित हुनु पर्ने थियो । यो कुरा उस्ले राम्ररी भुझेको थियो, र मुभि सक्किने बित्तिकै, म को हुँ होला भनेर प्रश्न गर्‍यो । मैले जवाफमा मुख रानीको, क्यार्याक्तर काजोलको त्यो पनि ब्रेक पछीको भने, र म तर्फ हेरेर आफ्नो आँखा झिम्काइ, उस्ले मेरो जवाफमा आफ्नो सहमती जनाएको थियो ।

 

अब बिचको कुराहरु गरू भने उपन्यास नै हुन्छ, कुरालाई झन्डै १ बर्ष जती अगाडि लगौ, स्कुल सकिने बेला पनि भएको थियो, ज्यापू आझै मेरो हातको पासो थियो। उु अझै, म उस्को शुभचिन्तक थिए तर कुरो उस्को पौचं भन्दा टाढा थियो । स्कुलको अन्तिम दिन फेर वेल थियो , त्यो दिन उस्को र मेरो अन्तिम भेटको दिन थियो, मैले मलाई लगेको कुराहरु गर्ने निधो गरे । राती डान्स पार्टी भयो, सब जना नाच्न गाउँन मस्त थिए ।  मलाई उु सँग नाच्नु थियो , र कसैको वास्ता नगरी उु उभिएको ठाउँमा गए, "क्यान आइ हेब दिस डान्स प्लिज ?" उस्ले तुरुन्तै जवाफ दियी - " आइ थत यू उड नेभर आस्क" र आफ्नो हात अगाडि बढाई, मैले उस्लाई केही भन्न आट्या थिए उस्ले - " साथी, यो क्षणलाई, बर्तमानमै रहन देऊ, भोली न तिमीले देखेको छौ न त मैले । तिमी जहाँ हुन्छौ मेरो लागि प्रिय नै रहने छौ । "

 

उसको आँखामा सितको थोपा थियो, स्वोरमा थर्काहत, हात, मेरो हात समातेको थियो, मलाई छोड्न खोजेको थिएन। तर यो क्षण समय मेरो शत्रु थियो । उु सँग त्यो रात छुट्टीनु अघी मैले उु सँग फेरी भेट्ने बाँचा गरे -"हाम्रो कथा यतीकैमा त सकिदैन यस्को अन्त्य, हुन धेरै बाँकी छ, यतीकैमा सकिने भए शायद त्यती लामो यात्रा साथमा हुँदैन थियौ होला" भनेर त्यो रात उु सँग बिदा मागे ।

 

त्यो शताब्दीमा न त ईमेल को शुबीदा नै थियो, न त मैले मेरो घरको फोन नम्बर नै दिए । म पढाई सकेर काठमाडौं आए र २-३ महिनामै अमेरिका तिर लागे । ३-४ बर्ष हाम्रो न त भेट नै भयो न त एक अर्का कहाँ छौ भन्ने खोजी नै गर्‍यौं । तर भूत आझै मेरो कमेरो नै थियो। अचानक एक दिन मलाई ईमेल आयो - " इज दिस द सेम बैरे फ्रम ईन्डिया ?" मैले त्यस ईमेलको तुरुन्तै जवाफ दिए।

 

मेरो जवाफको रिप्लाई फेरी आयो - "साथी मिल्छ भने मलाई लण्डन भेट्न आऊ " र उसको ठेगाना पनि लेखेको थियो । मैले लण्डन जाने निर्णय गरे । तर यो पाली म उसलाई गुमाउन सक्दिन , यो पाली म लण्डन गएर उसलाई आफ्नो बनाउने छु भन्ने द्रिढ निर्णय गरेको थिए । मैले लण्डनको टिकेट किने र उसको लागि बिभाहको सारी । उसले मलाई भेट्न बोलौनु भनेको उसले मलाई बिर्सेंको थिएन र मेरो लागि कुरी रहेकी छे र मेरो तर्फबाट कुरो अघी बढेन भने त्यो मेरो गल्ती हुने छ ।

 

लण्डनको ७ घण्टाको उडान मेरो लागि ७ यूग झै लाग्यो, म हिथ्रोव बिमानस्थलमा ओर्लिए , ल मलाई लिन उु त्यहाँ उपस्थित थियो, म त्यहाँबाट आफ्नो होटेलतिर लागे, बाटोमा हामी केही बोलेनौ एक अर्काको हात थामी, हाम्री युद्ध आसुँहरुले गरीरहेको थियो , होटेलमा पुगिसके पछी उसले, "आहिले आराम गर, म बेलुकी भेट्न आउछु भनेर बिदा लियो" आफुलाई कहाँ निद्रा लाग्थ्यो र ? बेलुकाको प्रतिक्षामा म कुरी रहे ।  साझ पनि दिनलाई धाक्दै आयो , र त्यही आधेरोमा उु ज्योतिको उज्ज्यलो झै मेरो कोठा भित्र आईन् । " ल हिड बाहिर केही खान जाम, " - "हजुरको जो आग्या " भन्दै म उसको पछी लागे, कोठा बाहिर जानु अघी उसले -" पेच हाने बानी अझै गाको छैन, तिम्रो ?" भन्दै निस्कियो, "अझै तिम्रो नासो, सम्हालेर राखेको छु, तिमीलाई शौम्पीन्छु, अनी चेन्ज हुनु पर्ला नि " भन्दै निसके ।

 

रेस्तुरान्टमा गएर कुनाको सिट रोजियो, मैले ब्याग बोकेको थिए र त्यस भित्र उसको कोशेली थियो । त्यो कोशेली उसलाई त्यही दिन दिने निर्णय गरेको थिए । पहिले सधैं ब्यङ्ग दिने मेरी रङ्गीला अहिले झोक्राएर रानी मुखर्जीको " ब्ल्याक " भएको थियो, उसको आँखा अझै रसाई रहेको थियो । उु मौन थियो, मैले किन केही नबोलेको भनेर सोधे , उसले कसले देखेको थियो र यो दिन ? भनेर जवाफ दियो, तर त्यो स्वोरमा उत्शाह थिएन, मैले फेरी किन र के छ र यो दिनमा त्यसतो ? भनी सोधे । खाना पनि आयो र दुबैजना मौन भएर खाना खान बस्यौं ।

 

उसले भोलीको प्लान के छ भनी सोध्यो ? मैले यही मौकाको फाईदा लियी उसलाई त्यो कोसेली दिए अनी भने - " यो तिम्रो लागि , यो लगाउने बाँचा गर्छौ भने भोली तिम्रो घरमा आउने बिचार छ भने। उसले त्यो कोसेली हेर्यो र फेरी आँखा भरी आसुँ ल्याएर मलाई अगांलो हाल्यो , मेरो बर्षौको रित्तो हृदय आज उसको अगांलो फेरी जागेको थियो । उसले - "भोली म यही लगाउछु, तिमी मेरो घर बिहान १० बजे आऊ भन्यो र आफ्नो बाटो लाग्यो ।

 

जिन्दगीमा कत्ती कुरीयो, एक दिन कत्ती नै गार्हो होला र , त्यो पनि आफ्नो जीवनको बहुमुल्य दिनको लागि कुर्न त म तयार थिए। होटेलमा गएर ८ बजेको वेक अप कलको लागि आग्रह गरे। बिहान ठीक ८ बजे फोनको घन्टी बज्यो - "अर्को छेउबाट गूड् मर्निङ शर, योर वेक अप टाईम इज हियर " भन्यो र मैले थ्यांक यू भनेर फेरी फोन राखे । आफ्नो नित्य कर्म सबै सकाएर सुट लगाइ, उसको घर तर्फ बढे।

उसको घरमा चहल पहल पनि थियो । ज्वाँई आउने बन्दो बस्त त गर्नै पर्‍यो नि भन्दै मन मनै सोचे । तर मलाई कसैले चिन्या पनि छैन देख्या पनि छैन के गर्ने होला भन्ने बिडम्बना मनमा लागि रहेको थियो । म आको उसले आफ्नो झ्याल बाट हेरी राखेको थियो , र मलाई देखेर मलाई लिन आयो। उसले मैले ल्याइदिएकै सारीमा शु-शज्जित भएको थियो। मानौ स्वर्गबाट अपसरा मेरो स्वागतको लागि आएको थियो। मेरो सामु आएर उनी उभिई -     

 

हिड पहिला मेरो कोठामा जाम भनेर आफ्नो कोठामा लगीन्, उु अझै रोहिरहेको थियो, म एक्कै चोटी हराएको झै महशुस गर्न थाले , मैले के हुँदै छ, तिमी किन रोई राखेकी, सबै ठीक त छ ? भनेर सोधी , उसले म केही भन्छु र केही माग्छु दिन्छौ भनेर सोध्यो । मैले नकार्ने कुरै थिएन हुन्छ भने,

 

उनी : बैरे आज मेरो विवाहको दिन हो । हाम्रो भेट नभएको ४ बर्ष भयो तर मैले तिमीलाई कहिले बिर्सिन , तर घरको कुरा टार्न पनि मैले सकिन, तिमीलाई भेटे तर धेरै ढिलो, हिजोको दिन मेरो लागि अत्यन्त जरुरी थियो, तिम्रो अन्तिम स्पर्शलाई बोकी अब म मेरो सारा जीवन अरुको भएर पनि बिताउन सक्छु ।

 

मेरो हशंले जीउ छोडि सकेको थियो, म केही बोल्ने योग्य थिईन । त्यही पनि प्रयत्न गरे - "तर"

 

उनी : मेरो कुरा अझै सकेको छैन, तिमीले पनि आज मलाई बिदा दिनु पर्ने छ, तिमीले पनि मलाई आफ्नो सोच, आफ्नो सपना र आफ्नो जिन्दगीबाट बिदा दिनु पर्ने छ। मैले घरमा मेरो एक दम मिल्ने साथी अमेरिकाबाट आउँदै छ कन्या दान गर्दा उु पनि उपस्थित हुनु पर्छ भनेर आग्रह गरेको छु र घरमा सबैले हुन्छन भनेका छन ।

 

मैले आफुले आफुलाई सहांल्नै सकेको थिएन उसको हात कसरी सगांली अरुलाई दिन सक्छु र ? मैले उसको खुशीको लागि आफ्नो बलिदान दिन राजी भए। मन मनै हुन पनि हो नि , आहिले सम्म केही अत्तो पत्तो नभाको मान्छेको उसले कसरी विश्वाश गाह्रोस, कुर्न पनि मुम्किन थिएन।


मेरो रोई रहेको मनलाई यसो तसो गरी सम्झए। तर वास्तवमा मेरो जिन्दगीमा आधी आएको थियो। म जेउदै मरे तुल्य झै भए । आफ्नो मनको गृहलक्ष्मीलाई गुमाउन मेरो नै गल्ती थियो। म आफुलाई धिकार्दै यो बर्तामानमा आहिले उभिरहेको छु ।

 

मेरो हात काँपी रहेको छ । उसले सगुनको सुपारी, फूल र अक्षेताहरु मेरो हातबाट थापी रहेकी छे, र उसको हात उसको हुनेवालाले थामी रहेको छ, जुन हात मैले थाम्नु पर्ने थियो आज त्यो अरु कसैको छ।  त्यतीकैमा मेरो नजर उसको हुनेवाला जीवन साथीकोमा पर्‍यो, मलाई हेरी उु मुस्कुराइ रहेको थियो । मेरो मनले -"मेरो भूत आज म तिम्रो, कमेरो भए । तिमीले लगाएको सारा ऋणहरु मेरो प्रियेसँगै तिरेको छु ।

म त्यो सगुन दिएर त्यहाँबाट निस्कीए । जानु अघी उसलाई पुण नयाँ जीवनको शुभ-कामना दिए , उसले आफ्नो श्रीमानसँग एक छिन भनी मलाई छोड्न बाहिर सम्मा आईन् । "साथी, हाम्रो जीवनको पानाहरु यही सम्म लेखिएको रहेछ, तिमी जहाँ रहने छौ मेरो प्रिये नै रहने छौ, फेरी भेटिएन भने, तिम्रो जीवन सफल होस् "

 

म केही बोलिन, मेरो आँखा बोली रहेको थियो ...... शायद उसले त्यशमा आफ्नो जवाफ पनि भेट्यो होला .......

 

 

समाप्त :
Read Full Discussion Thread for this article