Posted by: बैरे March 26, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        
दाई प्लिज मेरो लागि एउटा लभ लेटर तेरो भाउजुलाई लेख्देन ....         

 

 

मेरो कृष्ण अब सकुनीमा बद्लियो, मेरो ष्यडन्त्रमा परिवर्तन ल्याउनु नितान्त आवश्यक थियो । अब मेरो सौता मेरो पासो हुने छ र मेरै चालमा चल्ने छ । लभ लेटर त लेखी दिनु नै पर्थ्यो साथीको नाताले र आफ्नो ज्यानको मायाले पनि तर चिट्ठी एस्तो हुनु पर्‍यो कि त्यो पढ्ने बितिकै उस्लाई ज्ञान होस् कि त्यो ज्यापूको होइन मेरो मनको भावनाहरु हुन् भनेर। मलाई थाहा थियो उनी कती खेर लाइब्रेरी आउछे भनेर तर त्यो बेला आफ्नो कक्षा हुन्थियो, केही त बन्दो बस्त गर्नु थियो, र ज्यापूसँग सम्झौता गरे झै भने, तेरो सबै लेटर म लेखी दिन्छु तर मलाई एकान्त चाहिन्छ त्यसैले, यो क्लासको होमवोर्क, र नोट लेख्ने काम तेरो, त्यती खेर म चाँही लाइब्रेरी गएर तेरो चिट्ठी लेखी दिन्छु। क्लास बन्क गर्ने खालका कोही थिएन मेरो बाटो खुलस्त थियो। ज्यापूले पनि उस्को डुंगा पार लाग्ने भयो अब चाँही भनेर तुरुन्तै सैतानसँग आर्थत मसँग सम्झौता गर्‍यो।

 

 

त्यो दिन पनि उनी लाइब्रेरी आइन्, र हाम्रो नजर फेरी एक अर्कासँग कुरा गरी रहेको थियो। उनैलाई हेरी उसैलाई चिट्ठी पनि लेखे, जानु अघी के लेखेको भनेर प्रश्न गरीन, मेरो मनको कुरा अरु कसैको निम्ती तिम्रो लागि, यो कृया कलाब निकै दिनहरु सम्म चली रहयो, नत उस्ले ज्यापूलाई उत्तर नै दिइन् न त मलाई नै, तर उत्तरको अपेक्षा केही दिन पछी मैले नै छोडेको थिए, उस्लाई सधैं भेटेको जो हुन्थिए ।

 

 

ठिटीहरु शोचालय क्रम जारी नै थियो र रङ्गीला मैय्या पनि आउने मद्धेहरु पर्थे। आउँदा २ सौता सँगै बसेको देखेर होला मुसुक्क मुस्कुराउथी, ज्यापू मग्न मस्त हुन्थियो, तर त्यो मुस्कान केवल मेरो निम्ती हेरेर छोडिएको थियो भन्ने विश्वाश मलाई थियो। यसै गरी दिनहरु बित्दै गए, उस्को मनको कुरा आझै उसितै थियो, मेरो लागि केवल उस्ले आहिले सम्म केही मुस्कानहरु, आकल झुकलको आँखाको झिम्काइ, र मिठो बोली साचेकी थिइ।

 

 

छुट्टीमा काठमाडौं जानु अघी न त उस्ले मलाई आफ्नो फोन नम्बर नै दिइ, न त मैले नै मागे, न उस्ले मेरो नम्बर मागिन, नेपाल पुगुन्जेल एउटै प्लेनमा हुन्थियोउ, पछी भेट भई हाल्छ नि भनेर नि होला सोध्नै बिर्सियो। काठमाडौंमा सबै आफ्नो आफ्नो बाटो लागे, उनी हामी भन्दा एक क्लास सानो भएको करणले शायद काठमाडौंको ग्रुप भेट घाटमा पनि भेटीएन, अरुलाई उस्को बारे सोध्नु पनि मिल्दैन थियो।

 

 

हेर्दा हेर्दै, स्कुल जाने दिन पनि आउन लाग्यो। च्यङ्ग्राले यो पाली बसमा जाने शुजाब निकाल्यो, अब म धर्म संकटमा परे, भोटे बसमा बस्नै सक्दैन थियो र त्यसको साथ ज्यापूले त दिन्थियो दिन्थ्यो मैले पनि दिनु पर्ने थियो, र प्लेनमा गएदेखी उस्लाई पनि भेट भईहाल्छ कि भन्ने आश थियो, तर आफुलाई बसमा जने रहर पहिले देखी थियो, भोटेले ल ल त इनिहरुसँग जा न त बसमा, म र ज्यापू प्लेनमा आउछु स्कुलमै भेट भई हाल्छ नि । लौ भनेर भोलीको बस को टिकेट लिना जानु पर्‍यो भनेर म र च्यङ्ग्रा लग्योउ टिकेट लिन, बसमा चाडो जानु पर्थ्यो यात्राा लामो भएकोले, ३-४ दिनको यात्रा रमाइलो हुने भयो प्लेनको टिकेट किन्ने पैसाले त मोज गर्न पुग्थियो।

 

 


बस स्टपमा पुगेर च्यङ्ग्राले ४ वटा टिकेट मग्यो , मैले ओये अघोरी ४ वटा किन त्यो २ वटा टिकेटको पैसाले त तन्न धोक्न पहिन्छ किन बौलाको त भने , च्यङ्ग्रा मुसु मुसु हासँदै तेरो भाउजु र उस्को साथीलाई पनि टिकेट किनीदिनु पर्‍यो नि भन्दै टिकेट लिना थाल्यो, को भाउजु कहाँको भाउजु अनी को साथी, उस्ले अरु कोही केटीसँग आको कुरा थाहा पायो भन्ने रिसौछे भन्ने डर मलाई लागि रह थियो। च्यङ्ग्राले छुट्टीमा एउटी तरुनीसँग माया प्रिती लगाएको कुरा बातायो, अनी मैले चाँही तेरो कवाबमा म हड्डी किन बन्ने र बेकारमा किन आर्को तरुनीसँग कुरा गर्ने म, भन्दा च्यङ्ग्राले तलाई सन्चो छैन कि क्या हो ? फोकडमा तरुनीसँग कुरा गर्न पाउने त्यो पनि को भन्न भनेर वाक्यलाई त्यही टुङ्गायो, जो सुकै होस् मेरो न बाउ पट्टीको न आमा पट्टीको, मलाई के को खाचो, मैले पहिले भने झै भाग्यमानीको भुतै कमारो, च्यङ्ग्राले ज्यापू पट्टी को त हो, त्यो जवाफले मेरो हृदय हरशित गरैदियो, च्यङ्ग्रालाई एक लात हानेर जिन्दगीमा पहिलो पटक राम्रो काम गरिस भनेर स्याबासी दिए । अनी भुज्दै जादा च्यङ्ग्राको मायालु चाँही ईन्डियामै पढ्ने रहेछ, हाम्रो स्कुल देखी केही टाढा र मेरी चाँही उस्को खै कस्को छोरी रे , मलाई पनि त्यती चासो थिएन, उु सँग समय बिताउन पाउनु नै मेरो लागि सबै कुरा थियो ।

 

 

जाने दिन पनि आयो, च्यङ्ग्रा बिहानै मेरो घर आइपुग्यो, म पनि रात भरी सुत्या थिएन त्यो दिन को प्रतिक्षामा, के हो राजा रात भरी निद्रा लाग्या छैन जस्तो छ नि तलाई नि भन्दै च्यङ्ग्रा आइपुग्यो कोठामा, ल नकरा, पैसा टन्नै बोक्या छस होइन, तरुनीहरुलाई खर्च गर्न दिनु हुन्न सब त र म मिलेर गर्नु पर्छ, बरु तेरो पैसा पनि मलाई दे, म जगेना गरेर रखछु भन्दै त्यसको पैसा पनि मैले लिए। लौ सुन केही नियमहरु फेरी पछी भनिनस भनेर बौलौलास।

 

 

जाडँ नखाने, बरु तरुनीहरुले वाइन खाने कुरा गर्‍यो भने हामी चाँही बियर मात्रै तान्ने, त्यो पनि लिमिटेड, नभए कस्ता जड्या रहेछन भन्ला तेरी आमाहरुले, अनी ख्वाइमा चाँही नो कोम्प्रोमाइस, जे भने त्यही खाने, लौ लौ , "दोन्ट टिच योर फादर हाउ टु %#$@"  भन्ने सुन्या छस होइन, भन्दै च्यङ्ग्रा भट्ट्यायो। ल त ल भनेर बस पार्कतिर लागियो, बस पार्क पुग्दा तरुनीहरु हाम्रै प्रतिक्ष्या गरी राहा रहेछन, च्यङ्ग्राको मायालुसँग परिचय गरियो र बस भित्र लागियो, अगाडि पछाडिको सिट रहेछ, तरुनीहरु एउटै सिटमा बसे, यो देखेर च्यङ्ग्रा मेरो मुखमा ट्वाल्ल परेर हेर्यो, आइज, डार्लिङ मै सित तेरो यात्रा कट्ने भयो, भन्दै डोरीले आफ्नो सिट भए तिर ताने, सिटमा बस्ने बित्तिकै च्यङ्ग्राले तरुनीले सुन्ने गरी "चोक्टा खाना गाकी बुढी झोलमा डुबेर मरी भन्या यही हो" भन्दै बौलायो, मैले नि रात भरी करायो दक्षिणा हरायो, सुत अब रात भरी सुत्या छैन भन्दै तिर मारे च्यङ्ग्रालाई हेर्दाइ, ताक्या चाँही अन्तै।

 

 

च्यङ्ग्रालाई ओये गेडे, जा आफ्नो मायालु भएको ठाउँमा गएर बस, भनेर भनियो, पाको भए तैले भन्नु पर्थियो थपक्क जन्थिए, ल नकरा ३-४ दिनको यात्रा हो पृथ्वी घुमी हाल्छ कि ? भन्दै झ्याल बाहिर हेर्या झै गर्दै सिटको साइडबाट आफ्नो तरुनीको हात समाउन लाग्यो , मैले नि लौ मोज गर भन्दै नदेखे झै गरे ।


    
बस थान्कोत के कट्या थियो, भूत मेरो कमारो हुन आइपुग्यो, म वाक म्यान सुनी राहा थिए एक्कै चोट्टी, "एक्स्कुस मी, बैरे तिमी अगाडि बसी दिन्छौ, म यहाँ च्यङ्ग्रासँग बस्छु नि, अब मेरो भाउ त अली महँगो बनाउनु नै पर्‍यो, ब्यङग च्यङ्ग्राको मायालु द्वारा मेरीलाई सताउनु थियो।

 

 

मसँग बस्दा तिम्रो साथीलाई केही असर पर्दैन भने मलाई केही छैन जो सँग बसे नि, उस्ले मेरी तिर हेर्दइ - तलाई केही फरक पर्छ ? उस्ले तुरुन्तै फरक पर्ने भए तलाई जा पछाडि किन भन्थिए र अरुलाई मसँग बस्दा फरक पर्छ भने , अगाडि ड्राइभरसँग क्यबिनमा बसे हुन्छ। ल ल जा अगाडि गएर मार पिट गर भन्दै च्यङ्ग्रा कराउन थाल्यो । म पनि दङ्ग पर्दै गये , तिमीलाई बस्ने प्रेफेरेन्स छ कि झ्यालमा ? म जहाँ छु त्यही नै ठीक छु भन्ने गोली म तर्फ आयो। लौ खोजेको पाइयो भन्दै "एक्स्कुस मी" भन्दै झ्यालको सिट तिर बसियो। अब तरुनीलाई जिस्काउनु त उदेस्य थियो तर अली नजिक बसोस भन्ने पनि चाहना थियो।

 

 

म : भिर त निक्कै गहिरो रहेछ


उनी : मनमा जे छ त्यो मन भित्रै राख, अल्छिन लगाउने होइन


म : म सँग लक्षिन छेउमै छ मलाई के को पिर


उनी: मेरो छेउमा के छ, त्यो त मलाई थाहा छैन


म : अब बाटै बाटो गयो भने लछिन नभए ....


उनी : उफ्फ्फ्फ्फ्फ्फ्फ्फ


म : अनी छुट्टीमा के के गरियो? कसैको यादले सताको थियो कि ?


उनी : छुट्टी रमाइलो नै भयो, चिट्ठी हेर्दाइ याद पनि गरे !


म : लेख्नेको कि पठाउने को ?


उनी: दिस इज फोर मी टु नो एन्ड फोर यू तो फाइन्ड आउट


म : लौ


उनी : अघी झ्यालमा बस्नु अघी किन खोजेको पाइयो भन्या?


म : टाईम आए पछी थाहा हुन्छ ।


यसरी नै हाम्रो महा युद्द फेरी सुरु भएको थियो। र नारायण गढ कटेर पछीम लाग्दै गरेको बस भित्र मेरो प्लान सुरु, ठीक समय आइपुगेको थियो, उनलाई यात्राले थकाएको थियो, र उस्को आँखा भारी हुँदै गएको थियो र आँखालाई आराम दिन उनी धल्कियो। त्यो सानो सिटमा आरामले के निद्र लाग्थियो , उता ढल्के टाउको बहिर झुल्लीन्थ्यो यता ढल्काए छेउमा म बसेको थिए। उनी आधा निद्रामा मात्रै थियी, मेरो काधमा उस्को शिर पर्ला कि भनेर उनी सचेत थियिन्, तर प्रतिक्षाको फल मिठो हुन्छ मलाई थाहा थियो म कुर्नु मात्रै पर्थियो ।

 

 

केही समयमा मैले मेरो फल पाए। मेरो काध गहरुङगो भएको महशुश भयो । मैले आफ्नो बाँया तर्फ हेर्दा उु मेरो काधलाई आफ्नो सिरानी बनाइ सुती रहेकी थियीन्, म पनि उस्लाई गार्हो नहोस् भनेर, नसुती, नहल्ली, त्यही आशनमा बसी राखेको थिए। उु अब सुतेको झन्डै ४-५ घण्टा भएको थियो, र आँखाको आराम सक्काएर आँखा खोल्दा मेरो नजरले उस्लाई झस्कायो, उनी झस्केर "सरी, किन नउठाको म तिम्रो काधमा सुत्दा ?"

 


मेरो झ्यालमा बसेको फल बल्ल पाको थिए किन गुमाउनु भनेर नउठाको

 


त्यो रातको अध्यारोमा उस्को मुस्कानले एकै चोटी अज्यालो ल्याएको थियो - "लौ त अब फल खानेलाई म को हो र रोक्ने, बरु खाना खान रोकियो भने उठाउ भनेर उु फेरी मेरो काधमा आरामले सुत्न बसी । मेरो जीवन धन्य भएको थिए। भूतलाई मन मनै - "कुनै दिन तेरो कमेरो म बन्छु भनेर,  म पनि थकान मार्न बसे।

 

क्रमश: ....

 
Read Full Discussion Thread for this article