Posted by: बैरे March 26, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        

म : आज काल खूब छाएको छौ नि स्कुल भरी ?


मेरो यो ठाडो प्रश्नले उस्को होस् हवास उथल पुथल पार्दिएको थियो । यो उस्को मुहारले स्पस्ट बनै दिएको थियो तर आफ्नो होस सम्हालेर मेरो प्रश्नले उस्लाई केही असर नभए झै उस्ले

उनी : स्कुलमा त भर्खर छाएको छु , लक्ष्य अझै भेटेको छैन ।
मनले उस्लाई कोटी कोटी प्रनाम गर्‍यो , बैरे आफ्नो प्लान आँफै तिर ब्याक फाएर होला जस्तै छ ।
दिमाग : हार मान्नु अहिले उचित हुन्न। चक्रब्यु भित्र घुस्ने बाटो त आभिमन्न्युलाई पनि थाहा थियो , बाहिर निस्किन नदिये पुग्छ।
मनले दिमागको कुरा सित सहमती दियो र दिमागलाई यो महाभारतमा कृष्णको अभिनेता गर्ने आग्रह गर्‍यो, दिमाग कृष्ण बन्न पाको किन नकारथियो सजिलै हुन्छ भन्यो । हाम्रो अस्त्र शास्त्रहरु हाम्रो बोली र बङ्य हुने भयो -

म : लक्ष्य बसेको ठाउँबाट टाढा छ कि नजिक ?
उनी : आकाशको तारा यहाँ बाट हेर्दा एक अर्काको नजिक देखे पनि वास्तबमा निकै टाढा हुनछन, मेरो लक्ष्य जस्तै ।
म : यो सारा ब्रहमाण्डको नजरबाट उनिहरु धेरै नजिक छन, शायद तिमी पनि त्यही भ्रममा छौ की ?
उनी : हुन सक्छ, तर यही भ्रम कसैको मिठास, कसैको बिष बनेको छ र यही भ्रम कत्तीको जीवनको शाहारा, कसरी तोड्ने त्यो भ्रमलाई
म : यत्तीको घमन्ड त गुलाबलाई पनि हुँदैन, उस्लाई थाहा छ कि उु पनि कुनै दिन ओिइलाउछ भनेर
यतीकैमा त्यो ४० मिनेटको क्लासको घन्टी बज्यो । मेरो प्रश्नको जवाफ दिन नपाएकोले उु छट्पटाउछे, भन्ने विश्वाश मलाई थियो , तर उस्को बिचार  मलाई तडपाउने थियो आफु बसेको मेच अगाडि सारेर म बाट टाढा जाला जस्तै गरी तर फरक्क फर्केर मेरो सामु आएर -
उनी : जवानीमा गुलाबको वरीपरी भमराहरु मन्डराउछन भने त्यसमा गुलाबको के दोष, त्यसलाई गुलाबको घमन्ड भनिन्न, गुलाब केवल एक जनाको निमित्त मात्रै फुलेको हुन्छ र अरु भमरा आफ्नो मिन्ती फुलेको हो भन्ने भ्रममा बाचँछन भने त्यो भ्रम गुलाब ले त कहिले तोडदैन ।
जीत मेरो कदम चुम्न के आटेको थियो उस्को बचन सुने पछी उस्कै पछी लाग्न थाल्यो, यो हुन मेरो रथ हाकेको कृष्णले त दिने थिएन, उु जानु अघी एक ह्रिदय छुने बाण त छोड्नै पर्ने थियो, र मैले फेरी सोधे - यो फुल चाँही कस्को लागि फुलेको हो नि ?
उु म तिर हेरेर फेरी मुस्कुराइ, र आग्रेंजीमा मधुरो स्वोरले - " दिस इज फोर मी टु क्नो एण्ड फोर यू टु फाइन्ड आउट " भन्दै मेरो नै ह्रिदय छेद्दी लाइब्रेरीबाट निस्किन थाली, कृष्णले पनि भिस्मलाई रथबाट ओर्ली प्रणाम गरे झै, मेरो दिमागले पनि उसलाई प्रणाम गर्नु उपाये बाहेक अरु केही चारा देखेको थिएन र त्यो सम्बोधन पनि गरिदियो ।
तर मनलाई सान्त्वोना त दिनु नै थियो, कृष्णले झै चतुराइसँग मनलाई "हारकर भि जित्ने वालोको बाजीगर केहेते है"। यो कुरा त मनले पनि भुजेको थियो। तर त्यो भन्दा पनि ठुलो समस्या टाउँकोमा आइपुगेको थियो , उस्लाई सम्बोधन गर्न ओठ २ इन्च दाँया बाँया गाको फिर्ता आउनै मन्दैनन। अब यो तालले क्लास गए सबले शंका गर्नु स्वाभाविक थियो तर ज्यपूले थाहा पाए त अचार पर्थियो र फोकडमा धुन पाको अरु बोकाहरुले के छोड्थीए जसो तसो गरी लगियो आफ्नै मशान तिर

 

त्यो दिन कसरी कट्यो याद नै भएन तर बेलुका चाँही गाला लगायत बङगरा चाँही खूब दुखेको थियो , राती ओछ्यानमा पल्टि उसैलाई सम्झिदा एक्कासी मैले स्वोर सुने - "ओये डार्लिङ बैरे, सुति सकिश ?" म उस्कै सम्झनामा व्यस्थ थिए त्यही पनि म झस्के तर यो स्वोरमा त्यो मिठोपन थिएन यो त घोक्रीएको बोरहा च्यातेको स्वोर थियो, साइडमा ज्यापू आझै बोल्ने प्रयत्न गर्दै थियो - "ओये जिमु"। (तपाइहरु ठुलो सोचमा पर्नु भयो होला कि ज्यापू मेरो साइडमा सुत्ने बेला के गर्दै छ भनेर, मैले शायद सुरु मै भन्न बिर्सें होला, हामीहरुको स्कुल चाँही ईन्डियामा थियो र छात्राबासमा बसेको हुनाले एउटै दोर्मेतोरीमा हुन्थियो, र अरु बेला, उड्डौन मोज नै भए पनि अहिले मेरो सौता मेरै बगलको पलङमा थियो), मैले त्यसको स्वोर नसुन्या झै गरे तर मसानेले लात हानेर उठायो,
तेरो बाउलाई किन एती राती उठाको भन्दै गज्रे
तेरो भाउजु, के गर्दै होली आहिले ? भन्ने प्रश्न गर्‍यो त्यस्ले
ह्याअा के थाहा मलाई भन्दै म झर्किए, सुती राहा होला नि काठमाडौं मै कत्तै
कहाँ काठमाडौंमा यार उता गर्लस होस्टेलमा मेरै बारेमा सोच्दै बसी राख्या होलिन भन्दै आध्यरोमै मुसुक्क मस्केको पनि देखियो ।
थुइय काइते, मेरो बारे नसोची त पोल्दा पोल्दै उछिट्या मसानेको बारेमा के सोच्ली, मुखले होइन मनले चाँही भन्यो , हाम्रो गोल्डेन रुल कसैको छप्की ( रिसर्भ गरेको मैय्यालाई उडौन नपाउने थियो) हुन त रङ्गीला मैय्या भर्खरै आएकी हुन तर हाम्रो रुल लागु भएको १ बर्ष पुरा भई सकेको थियो, त्यसको बिपरित जानु आफ्नो शरीरक सन्तुलनको लागि उपयुक्त नहुने कुरा मलाई लगयात सारा केटाहरु राम्रो जानकारी थियो । तर त्यसको प्रश्नको समर्थ जनायो भने आफ्नै बेज्जत होला झै लाग्यो र कुरा पनि मोड्ने तरुनीको बारेमा पनि सोच्न पाउने गोली जवाफ सोच्न थाले र तुरुन्तै - "सुत बोका भोली बिहान खेत खन्न जानु छैन तलाई भन्दै आर्को तिर पल्टे" मेरो जवाफको उत्तर त्यसले पनि गर्नु नित्यान्त आवश्यक थियो । तर आवाज त्यसको मुखले चाँही गरेन, खाट बाट उठेरै एक छिन हावा अन्तैबाट लिनु पर्‍यो (यो हाम्रो छात्राबासको अर्को नियम थियो, हार हुन्छ झै लाग्यो भने छेप्स्त्र प्रयोग गर्न उपयुक्त हुनेछ)। यसै त्सै त्यो रात पनि बित्यो, बिहानि पख आफ्नो जीवनको नयाँ सुरुवात भये झै लाग्यो ।
सुर्यको किरणले नि नेरो निम्ती मात्रै न्यानोपन दिएको झै लाग्यो, चरा चुरुङगीहरुले पनि मेरै लागि मात्रै गीत गाएको जस्तो लाग्यो। त्यो दिन त्यो क्षण केवल मेरो मात्रै थियो। तर यथार्त आर्कै थियो, त्यो नौलो दिनको न्यानोपनमा कालो बादल झै आइपुग्यो मेरो सौता।
दाई प्लिज मेरो लागि एउटा लभ लेटर तेरो भाउजुलाई लेख्देन ....         
Read Full Discussion Thread for this article