Posted by: बैरे March 26, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        

आज समयपनि रोकिएको छ, सारा देव मानौ कि सारा ब्रह्मण्डनै उस्को सौन्दर्ता हेरी राखेको छ । सुर्यको पहिलो किरण हिमालको टाकुरामा पर्दा हिमाल लाली झै च्म्कन्छ भन्छन, तर आज त्यो चमक पनि उस्को अगाडि फिक्का परेको छ । आज त ईन्द्रलोकको अप्सराहरुपनि उस्को सौन्दर्ता देखी मुर्मुरीरहेका होलान् । यस्तो ब्रह्मण्डको गतीलाई नै तहल बहल गर्ने सुन्दरीको हात मैले थामेको छु । हुन त हेर्दा मेरो हात उस्को माथि भएकोले हेर्नेहरुलाई उस्ले मेरो हात थापेको झै लाग्छ तर वास्तवमा उस्ले हात थापेको होइन मैले थामी राहा छु । जीवनमा व्याकरणमा कहिले ध्यान दिएन नेपाली क्लास धाउ धाउ गरी पस्स भए तर आज थाम्ने र थाप्ने ले मेरो जीवनमा ठुलो भूमिका खेली राखेको छ । यो रोकिएको समयले मलाई मेरो अतित तिर लान खोज्दै छ तर मैले आफ्नो मनलाई बरतमानमै राख्न खोजी रहेको छु । यो चन्चल मनलाई आफ्नो अधिनमा राख्न धेरै गार्हो भईराखेको छ । शायद कृष्णले अर्जुनको रथको लगाम नसमातेको भए अर्जुनको पराजय निस्चित थियो होला, मेरो यो मनको लगाम समात्ने कृष्णनै थिएन, मेरो त हार मनले अतिततिर जान्छु भनेर सोचेकै बेला निस्चित भईसकेको थियो ।


ओइ केटाहरु रङ्गीला मैय्या आएको छ स्कुलमा भन्दै बोका छिर्यो क्लास भित्र, हुन त त्य्सलाई बाख्री पनि रङ्गीन लग्थियो २ खुट्टामा उभिने अली लचक भएको जन्तु नै उस्को डिक्सनेरीमा मैय्या हुन्थियो । त्यही पनि बोकापन त हामीमा नभएको होइन, झुम्मियोउ क्लासको ढोका बाहिर नभन्दै नयाँ भर्ना भाको मैय्यामा मै हुँ भन्नेलाई ढाल्ने दम थियो, मेरो र उस्को हेराइ के मिसिन आटेको थियो, ज्यापु मोराले आफ्नो खुइटे मुख खोल्यो " केटा हो रिसर्व है " कसैले मौका पाको छैन त्यतिकै रिसर्व भन्दै भोटे जङ्यो हुन त भोटे र ज्यापु बच्चा देखीको साथी भोटेले नकारी नकारी मान्यो । तर कुरो यहाँ भोटेको होइन मेरो थियो । दिल चाहता है फिल्ममा झै आफुलाई पनि " इस बार कि बात और है हुन्थियो " तर पहिला र आहिले हेर्ने र हेरे पछि मनमा आउने चाहना बेग्लै थियो ।

 


तरुनीहरु सधैं हेर्न पाओस भनेर होला स्कुलको हेड मास्टरले पनि केटीहरुको सोउचालय जाने बाटो हाम्रै कक्षातिर लगाई दिएको थियो । आफ्नो कक्षाको ठिटीहरु त हैरान हुन्थिए तर अरुलाई पनि बाँकी छोडेका थिएनौ हामीले । अब त झन रङ्गीला ठिटी जिस्काउने मौका कहाँ छोडथे । अब समय पर्खिनुनै केटाहरुको बाच्ने आधार भएको थियो । तन मनले बोलाए पछी देउता त आउछन रे , रङ्गीला मैय्या नआउने त कुरै भएन, उस्को एक हेराइमा कती घायल भए कती कायल , कोही "राहोमे उन्से मुलाकात होगइ" भन्दै गाउन थाले, कोही चाँही "रङ्गीला रे" भन्दै घोक्रो सुकाउन थाले। यसरी नै हाम्रो केही दिनहरु कटेको थियो । उस्लाई आफ्नो बनाउने धोको कसैले छाडेको थिएन। सबैजना आफ्नो चक्रब्युमा उस्लाई फसाउन ष्यडन्त्र रची रहेका थिए। उस्को मिल्ने साथीहरु चक्लेट, तितौरा र अरु उपहारले बारीको मुला झै फली सक्या थिए । तर उस्को मनको कुरा उसैसँग थियो ।

मलाई पनि उस्को मनको कुरा भुज्ने रहरले रात दिनमा बदली सकेको थियो । धेरै ईच्छा आकन्क्ष्या भये पनि उस्को स्वोर सुन्ने मौका हामी कसैलाई नशिव भएको थिएन । भाग्यमानीको भुतै कमारो भने झै अल्छि लगेर क्लास बन्क गरेर लाइब्रेरीमा लुकेको बेला भगवानले म तिर हेरेर मुस्कुराए, मैले आवाज नै सुने - "लौ मोज गर"। उनी पनि लाइब्रेरी भित्र प्रबेश गरिन, एक्कासी त्यो ठुस ठुस गनाउने, अध्यारो ठाउँ फुललै फुलले भरिएको घामको किरणमा मस्तिएको बगैचा झै सुन्दर लाग्न थाल्यो । उनी हिड्दै मेरो तर्फ बढी रहेको थियो, मन हर्शित भए पनि पसिनाले जीउ चिसाइ सकेको थियो । मेरो मुटु भित्र बहिरको सट्टा तल माथि उफ्री रहेको थियो। उनी आएर मेरै सामुन्ने बसी र एउटा किताब केलाउन थालिन । म तिर हेररे उनी मुस्कुराइन, य्तो मुस्कानले समुद्र जसरी चट्टानमा परेर लहरहरु ल्याउथियो मेरो तर्फ त्यो लहरहरु आइ रहेको थियो र त्यस लहरले डुबाउला भन्ने पिरले दिमागले सारा इन्द्रियहरुलाई सचेत गराये सिवाय मेरो कन्ठलाई । दिमागले नबोल बैरे नबोल भाडाइ थियो मुखले बोल्ने मेरो काम हो तिमी आफ्नै बाटो लाग भएर दिमागलाई थर्कायो र एक्कै चोटी "हाइ" निस्कियो मुखबाट, त्यो "हाइ" आँफैलाई एस्तो ठुलो लाग्यो कि मानौ तिनै लोकमा गुन्जिएको थियो । उस्ले पनि मैले बोल्ला भन्ने सोचेकी थिएन तर त्यो आवाजले उसैलाई झस्कायो ।

उस्ले पनि मेरो अभिबादनलाई बिनम्र तरिकाले सम्बोधन गरिन, उस्को स्वोर सरस्वतीको बिणाको धुन भन्दा मधुरो र स्वछ थियो। बासुरी को स्वोर भन्दा सुरिलो थियो र कोहिलीको गीत भन्दा मिठो थियो त्यो स्वोर मेरो शरीर भरी दौडी रहेको थियो । अब त मेरो दिमागले पनि मुखको साथ दिन्छु भनेर निर्णय गर्‍यो र मेरो ओठले पनि उस्को स्वोरको उपहार २ इन्च दाँया र बाँया लागेर दिये । नाम त उस्को आहिले सम्मा सारा स्कुलमा प्रख्यात भइसकेको थियो त्यो प्रश्न सोध्नु मेरो मुर्ख्ता हुन्थियो ।

मेरो ष्यडन्त्रको मन्त्र उस्को अगाडि निर्बल, लाचार देखिनु थिएन तर म अरु भन्दा भिन्न छु तिम्रो जादुको आभाब म माथि चल्दैन, म तिम्रो साथी धेरै पागल कम देखाउनु थियो । र त्यो ष्यडन्त्रलाई तुरुन्तै प्रयोगमा पनि ल्याए -

म : आज काल खूब छाएको छौ नि स्कुल भरी ?

 

क्रमश:
Read Full Discussion Thread for this article