Posted by: chipledhunga March 25, 2009
दोलालघाटको माछा
Login in to Rate this Post:     0       ?        

पूरे, अहिले बनेपामा ट्रान्जिटमा रोकिएको छ, एक छिनमा अघि बढ्छ।
हिमालयजी, फोटो राखिदिनु भएकोमा धन्यवाद।
रिट्ठे, अमेरिकाबाट फर्किएपछि "अमेरिकी" कुराहरुमा आँखा परिहाल्दो रहेछ। न त्यो खलासीलाई थाहा होला शिकागो बुल्स भनेको के, न त अमेरिका आउनु अघि मलाई नै त्यो कुरा थाहा थियो। यति सम्म कि नेपाल छोड्न अघिसम्म मैले बुल्सको नाम पनि सुनेको थिइनँ र त्यस्ता लुगाहरु देखेको पनि सम्झना छैन। पछि पछि जाँदा पो बुल्सको टीसर्ट, याङ्कीका क्याप आदि प्रशस्तै देख्न थालें।
ठुल्दाइ, मेरो पनि बाल्यकालमा माछा खाँदाको डरलाग्दो अनुभव छ। त्यस्तै ५-६ बर्षको थिएँ होला म, घाँटीमा काँडा अड्कियो र म रुन थालें। घरमा के के प्रयास गरियो तर सफल नभए पछि बुवाले हिंडाएरै १० मिनट जति टाढाको शान्तभवन अस्पताल लग्नु भयो। शायद ईमर्जेन्सीमै गएको हुनुपर्छ। बेहोश पार्न तयार गरिसकिएको थियो रे, तर कसरी हो आँफै ठीक भयो र हामी घर फर्कियौं। अझै पनि काँडा भएको माछा खाँदा एक्दमै सचेत हुन्छु र धेरै नै समय लगाउँछु।                           

Read Full Discussion Thread for this article