Posted by: fucheketo March 25, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        


 



भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो
तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो ।

दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त  अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर
उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा !

बजारमा उसकी पहिलेकी स्रिमतिले छोडेको हल्ला फैलिन धेर बेर पनि लागेन जहिले जहिले उ बजार बाट गुज्रियो उ सबैकोलागि चहकिलो विषय बन्यो मसला भएको ,, बेरोजगारहरुको चियाको गफ बन्यो त्यो टोलको उ हट केक बन्यो ।दुइ चार दिन बाहिर घुमेर आयो ,सोच्यो टोल बदलिदिन्छु , घर बेच्न चाह्यो ।पुर्ख्यौलि घर बेच्नुभन्दा दोस्रो विवाह नै एउटा उत्तम उपाय निक्लियो ।आमा ले निकालेको ,खोजि शुरु भयो पहिला कलिला विधुवा छन् छैनन् त्यसबाट ,उसलाई अचानक आफु दोस्रो दर्जामा
झरेझैँ लाग्यो जब विवाहको लागि विधुवा जो उमेरमा उ भन्दा थोरै मात्र कम हुनेछन् त्यस्ता उसको लागि खोजि हुँदैछन् भन्ने सुनेर !!!!!!!!!!!!!!

      उ घोत्लिरह्यो आफैँसँग सम्झौता गर्दै । उसको भाग्य बलियो निस्कियो । केटी कन्ने
निस्किई ।उ भन्दा करिव पन्ध्र वर्ष कान्छि । उसलाई विश्वास लागेन ।

आमा म गर्दिन यो केटी सँग त बिहे !

त्यो दिन उसले बिस्तारै भनेको थियो ।शक्तिहिन उसले उपमा पाएको थियो त्यसैले होला उसका शब्द शब्द कमजोर थिए ,लुते र लड्न आँटेका वाक्यहरु बोल्द्थ्यो उ जसलाई अरुको मौनताले नै पनि परास्त गरिदिन्थ्यो ।

किन?

धेरै नै कान्छि छे ,फेरि कलिला बिधुवी खोज्ने भनेको होईन ?

हरे शिव कन्ने केटीमा खोट लाउँछ ,धेरै नसोच ।उसकी आमा भन्दा ब्यवहारिक निक्लिईनकन्ने केटी पाउनु उसको भाग्य दह्रो भएको निर्क्यौल निकालेको थीयो उसको परिवारले !उसकी फुपुकि खोज थिइ माया ,धेरै सम्झाई बुझाई गरेर मात्र मायाको परिवार राजी भए भनेर पनि सुनाएकी थिइन् फुपुले जित पछि किल्लामा झण्डा गाढे जस्तो गरेर !

तैपनि आमा मेरी छोरी भएकी भए त्यत्तिकै उमेर की हुन्थि !

छोरि भएको भए तैँले उ सँग बिहे गर्नै पर्दैनथियो ! आमा ले कुरा टुंग्याईदिईन् । उसलाई सम्झाएको वा उसको आपमान गरेको उसले बुझ्न सकेन ,उसले बुझ्न पनि चाहेन । उसले निश्चय गर्यो जीवनले उसलाई जता जता डोर्याउनेछ उ त्यतै त्यतै डोरिईनेछ ।

ल अब उठ्नुहोस् ,अनि
अघि अघी लाग्नुहोस् !
उ फेरि विवाहको मण्डपमा नै फर्कियो ।घुम्टो को बिचबाट उठ्दै गरेकी उसकी नयाँ अर्धांगिनिलाई नियाल्यो । अनुहार चन्द्रमा जस्तै थियो । उसले आजै बिहान दुइ चारवटा कोरिन लागेका रेखाहरुलाई फेसियल गरेर मेटाउन खोजेको थियो ,टोपिले छोप्न नसकेको तालुको भाग बिहान देखिनै उसको चिन्ताको विषय बनेको थियो । कसैले उसलाई सम्झाएको थियो ,

टाउको खुइलिनु  बुद्दिमानीको निशानी हो नि भनेर !!!!

बिहाको बेलाकी केटी खुलिहाल्छे नि चन्द्रमा जस्ती ,फोटोमा त त्यत्ति गोरी थिईन मन मनैँ सोच्यो । जे भए पनि आफ्नै हो आज देखि ,सुरुची भेट भइछे भने देखाउनेछु मैले दोस्रो बिहे गरेँ भनेर , म मा पनि हिम्मत छ , हेर मेरी चन्द्रमा मेरो समिपमा अझ फक्रिएकी छे भनेर मन मनैँ सोच्यो ।

पुगिसक्यो त सात फन्को !’ पण्डितजिले उसलाई रोके । उसले सोच्यो उ रोकिए पनि त घुमिरहेको छ । हरेक मान्छे लामो यात्रा तय गरेँ भन्ने भ्रममा गोल गोल घुमिरहन्छ र तिँ यात्राको टुंगो लगाउँछ जहाँ बाट उसले शुरु गरेको हुन्छ ।

फुर्सद जुटाएर उसले वरपर हेर्न भ्यायो । केहि नाक खुम्चिएका अनुहार हरु देख्यो ।शायद कत्ति बुढो रहेछ बेहुलो त भन्दै थिए होलान् । गाउँका केहिलाई त यो उसको दोस्रो बिवाह भनेर पनि त थाहा भइसकेको होला । नभएपनि उमेरको फरकले धेरैले अड्कल काटे होला । उसको पहिलो विवाहको बारेमा के भयो भनेर पनि त कुरा भइराखेको होला ।

कसरि मानी उसकी बेहुलि मायाले उ सँग बिहाको लागि ?यो प्रश्नले उसलाइ नसताएको पनि होइन । त्यसपछि उसले आफुमा भएका गुणहरुको अनुसन्धान शुरु गरेको थियो । उसले त्यसपछि उसका धेरै गुणहरु पत्ता लगाएको थियो । उ परिवार को एक्लो छोरो थियो , कमाउथ्यो उ बिदुर थिएन ,उसका छोराछोरि हुन भ्याईसकेका थिएनन् । छोराछोरि नहुनुलाई उ आफ्नो ईच्छा अनुरुप कहिले आफ्नो गुणको रुपमा कहिले अवगुणको रुपमा प्रयोग गर्थ्यो ।

बिहा सिद्दियो एउटा ठूलो बोझ पन्छिए झैँ लाग्यो । मायाका परिवार का आँखामा आँशु थिए । मायाको आँखामा पनि आँशु थियो । परिवार छोड्दा यस्तै हुन्छ ।सुरुचीका आँखामा पनि त आँशु थिए उसले सम्झियो । तर माया त जोड जोड ले रोईरहेकी थिई फेरी । के मायाको ईच्छा बिपरित भएको थियो त बिहे ? उसले मायालाई फोनमा कुरा गर्दा सोधेको त थियो । उसले त्यतिखेर त होइन नै भनेकी थिई ,केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले
होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् । उ फेरि आफ्ना गुणहरु जसले गर्दा मायाले उ सँग राजीखुशि बिहे गरेको हुनुपर्छ भन्ने उसको निर्क्योल थियो उ त्यहि केलाउन तल्लिन भयो ।

क्रमश:



 

Last edited: 25-Mar-09 11:25 AM
Read Full Discussion Thread for this article