Posted by: chipledhunga March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, कम्प्युटरमा क्यासेट प्लेयर हुने भएको भए सजिलो हुन्थ्यो, मखुला?
नढाँटी भन्दा खेरी मसँग नेपाली गीतका क्यासेट र सि.डि गरेर ३-४०० वटा होलान्। क्यासेटका गीतलाई कम्प्युटरमा झार्न आफूसँग आवश्यक सफ्टवेर र हार्डवेर छैन, बिद्युतीय कपी बनाउन त मलाई पनि मन थियो तर मौका पाएको छैन। भरखरै ह्युस्टनमा नेपाली रेडियो सेवा पनि शुरु भएको छ, हप्ताको दुई घण्टाको लागि। यहाँको नेपाली संगठनका सल्लाहकार अनि आफ्नो नजिककै चिनजानका एक जना दाईले पनि पुराना नेपाली गीतहरुको लागि अनुरोध गर्दै हुनुहुन्थ्यो। त्यतैबाट समन्वय गरी सि.डि हरु बनाउन पाए हुन्थ्यो क्यासेटहरुबाट, हेरौं के हुन्छ। शनिबार बिहान ७ देखि ९ सम्म प्रसारण हुने भएकोले आफूले त सुन्न पाएको छैन तर गतिला गीत भएनन् भनेर दाई गुनासो गर्दै हुनुहुन्थ्यो।
शावरमा अनि कहिलेकाही जमघट हुँदा गायो, गाडी चलाऊँदा सुन्यो। तिनै गीत त हुन् नि नेपालसँगको दूरी केही घटे जस्तो पार्ने। 
Read Full Discussion Thread for this article