Posted by: sulab March 23, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        


काठमाडौं,
चैत


2009-03-23,Monday





राष्ट्रिय सतर्कता केन्द्रले दुई महिना छड्के गर्दा दुई हजार कर्मचारी कारबाहीमा परेका छन् मन लागेको दिन मन लागेको वेला कार्यालय जाने मात्र होइन, मन लागेको वेला हिँड्नेमा साधारणमात्र होइन, सहसचिव, उपसचिव, शाखा अधिकृत इन्जिनियरसमेत छन्








दुई महिनामा दुई हजार
कर्मचारी कारबाहीमा




राष्ट्रसेवक कर्मचारीको कार्यालय-समय बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म तोकिएको 'तर, धेरै कर्मचारी ११ बजेसम्म पनि कार्यालयमा नपुग्ने दिउँसो चार नबज्दै कार्यालयबाट बाहिरिन्छन्,' सर्तकता केन्द्रका अधिकारीहरूको अनुभव कर्मचारीमाथि निगरानी राख्ने जिम्मेवारी पाएको केन्द्रले गैरजिम्मेवार कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको सम्बन्धित कार्यालयले पनि स्पष्टीकरण सोधी सचेत-पत्र थमाएका छन्



केन्द्रले १९ माघदेखि सरकारी कार्यालयमा छड्के जाँच गर्दै आएको छड्केमा अर्थ मन्त्रालयका सहसचिव रणबहादुर श्रेष्ठ पनि परेका छन् उनी झन्डै एक सातासम्म विनाजानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो केन्द्रले श्रेष्ठलाई आवश्यक कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको



यसैगरी, छड्केमा परेका अर्थका उपसचिवहरू शीलकुमार ओझा, हरिशरण पुडासैनी, अविनाश राई, तीर्थराज केसी, सुशील ढकाल, दुर्गेशकुमार प्रधान, उपेन्द्रकुमार खनाललाई पनि स्पष्टीकरण सोधिएको

अनुगमनका क्रममा सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत् प्राधिकरणमा अनुपस्थित रहेको पाइएको केन्द्रका अनुसार प्राधिकरणमा दैनिक औसतमा एक सय ५८ कर्मचारी अनुपस्थित रहन्छन् प्राधिकरणका अन्य कर्मचारी पनि हाजिर गरेर अन्यत्र लाग्ने कार्यालयमा नबस्ने गरेको पाइएको केन्द्रले तयार पारेको प्रतिवेदनमा उल्लेख



अनुगमनका क्रममा एकै दिन १६ जना इन्जिनियर पनि अनुपस्थित रहेको पाइएको केन्द्रका अनुसार खानेपानी तथा ढल निकास विभागमा कार्यरत ती इन्जिनियर विनाजानकारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने गरेको पाइयो यसरी अनुपस्थित रहने इन्जिनियरमा द्वारिकाप्रसाद श्रेष्ठ, जनकभूषण धौभडेल, एकराज शाक्य, संघबहादुर गुभाजू, रमेशलाल नापित, कृष्णभक्त महर्जन, महेन्द्रकुमार महर्जन बलबहादुर गुरुङ छन्



यसैगरी इन्जिनियरहरू मोहनकुमार भण्डारी, रामकृष्ण महर्जन, हिमनाथ लामिछाने, सुमन कर्माचार्य, जीवन महर्जन, प्रह्लादमानसिंह प्रधान, विष्णुप्रसाद श्रेष्ठ, बाबुकाजी कसजू पनि कारबाहीमा परेका छन्



छड्केमा गृह मन्त्रालयका उपसचिव हरिबहादुर अधिकारी, न्हुच्छेमान महर्जन, रमेशचन्द्र अधिकारी, एकमणि नेपाल पनि परेका छन् यसैगरी सो मन्त्रालयका शाखा अधिकृत दुर्गाप्रसाद तिवारी, चन्द्रप्रसाद बस्याल, हीराकाजी महर्जन, बद्रीनारायण श्रेष्ठ पनि छड्केमा परे सामान्य प्रशासन मन्त्रालयका उपसचिव उर्वादत्त भट्ट, सूर्यप्रसाद श्रेष्ठ तथा शाखा अधिकृतहरू अनन्तकुमार बस्नेत, रुद्र खरेल, बुद्धिप्रसाद उपाध्याय ईश्वरीदत्त प्रधानले पनि छड्केमा परी स्पष्टीकरण खाएका छन्



दुई महिनाको विशेष अनुगमन निगरानीका क्रममा हालसम्म दुई हजार कर्मचारी छड्केमा परेको केन्द्रका प्रवक्ता शेरबहादुर ढुंगानाले जानकारी दिए ढुंगानाले नयाँ पत्रिकासँग भने 'प्रशासनयन्त्रलाई चुस्त बनाउन छड्केलाई निरन्तरता दिइरहनेछौँ '



दुई महिनाको अवधिमा विभिन्न मन्त्रालय, विभाग, आयोग तथा नियोगमा छड्के जाँच गरिएको थियो आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. का गरी २७ जना, भूमिसुधार तथा व्यवस्था विभागका जना, ललितपुर उपमहानगरपालिकाका १३ जना, काठमाडौं महानगरपालिकाका ५३ जना छड्केमा परेका छन् यसैगरी, मुद्रण विभागका ४५, सिटिइभिटीका २१, गृह मन्त्रालयका २९, यातायात व्यवस्था विभागका १५, वन तथा भू-संरक्षण मन्त्रालयका पाँच, अर्थ मन्त्रालयका ३२, जलस्रोत मन्त्रालयका ११, कम्पनी रजिस्टार कार्यालयका पाँचजना पनि छड्केमा परेका छन् केन्द्रले छड्के जाँचलाई देशव्यापी पारेको प्रवक्ता ढुंगानाले जानकारी दिए


http://www.nayapatrika.com/newsdetail.php?id=903231227229563&n_id=23

Read Full Discussion Thread for this article