Posted by: sulab March 22, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        
















मन्त्रीद्वारा भाडा कार्यान्वयन अनुगमन




 


काठमाडौा,
चैत ७ गते । सरकारले निर्धारण गरेको भाडा कार्यान्वयन नभएको उपभोक्ताको
गुनासो आइरहेका बेला उपत्यकाका सडकमा निस्केर आफैा अनुगमनमा जुट्नुभएका
श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्ट शुक्रबार चितवन र तनहुामा
पुगेर अनुगमन गर्नुभयो ।


मन्त्री भट्ट, श्रम तथा यातायात व्यवस्था विभागका
महानिर्देशक शरदचन्द्र पौडेल, ट्राफिक प्रहरी संलग्न अनुगमन टोलीका
सदस्यसहित चितवनको नारायणगढ र तनहुाको आबुखैरेनी पुग्नुभएको हो ।


विभागका प्राविधिक निर्देशक एवं अनुगमन टोलीका संयोजक
प्रेमकुमार सिंहका अनुसार तोकेकोभन्दा बढी भाडा असुुल्ने नारायणगढ र
गोन्द्राङ क्षेत्रमा ४५ तथा खैरेनीमा २० सार्वजनिक सवारी साधन कारबाहीमा
परेका छन् । उहााले त्यसक्रममा समयमा नवीकरण नगर्ने, सवारीधनी प्रमाणपत्र
र चालक अनुमतिपत्रबिना सवारी चलाउने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने
सवारी साधनमाथि पनि निगरानी गरी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी
पनि दिनुभयो ।


सरकारले तोकिएको भाडा कार्यान्वयन गर्न सबै यातायात
व्यवस्था कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र ट्राफिक
प्रहरी कार्यालयलाई यही फागुन २० गते पत्राचार गरी भाडा बढी लिने तर
कारबाही फछ्र्योट नगर्ने सवारीहरूको दर्ता प्रमाणपत्र, जााचपास प्रमाणपत्र
तथा बाटो इजाजतपत्रको नवीकरणसम्बन्धी कार्य नगर्न निर्देशन दिएको थियो ।


विभागको अनुगमन टोलीले बुधबार र बिहीबार उपत्यका र
बाहिर गरी १७ वटा यात्रुवाहक सवारी साधनलाई भाडा बढी असुल्ने र
क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा कारबाही गरिसकेको छ ।


अनुगमन सुरु भएपछि भाडाका सवारीले केही हदसम्म नियम
पालना गर्ने गरेको पाइएको छ । स्थानीय यातायात व्यवसायी समितिले नियम
पालना नगरे कारबाही गर्ने बताएपछि केही सुधार आएको छ, सुन्धारा-लगनखेल
रूटका चालक वीरमान


लामा भन्नुहुन्छ ।


पेट्रोलियम पदार्थको मूल्य घटी नयाा भाडादर लागू भए पनि
पुरानै भाडा असुल्ने ट्याक्सीलाई पनि अनुगमन टोलीले कारबाही थाल्ने भएको छ
। नेपाल मिटर ट्याक्सी सङ्घले आˆनो सङ्घसाग आबद्ध ट्याक्सी सञ्चालकहरूलाई
सरकारले नयाा निर्धारण गरेको भाडा दर -प्रतिकिमी २२) मा सञ्चालन गर्न
अनुरोध गरेको छ ।


विभागले लोडसेडिङका कारण मिटरमा सिल लगाउन कठिनाइ
भएकाले सङ्घले तयार गरेको नयाा 'कन्भेन्सन चार्ट' लिई यात्रुले प्रस्ट
बुझ्ने र देख्नेगरी ट्याक्सीमा टाास गर्न पनि सङ्घले आग्रह गरेको छ ।


http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=16007&cat_id=16

Read Full Discussion Thread for this article