...
"अघि खाने बेलाँ चैं यति ले तँलाई केही हुँदैन यो भन्दा धेरै त मेरो भाईले खान्छ भनेर उचाल्ने, अब मलाई यो जाडाँ अलपत्र पार्न खोज्दा त---कि त अब मलाई एक दर्जन जति तरुनी खोज्दे हैन भने घर लिएर हिन्" सुपारी पनि झोक्कियो।
"अघि सम्म त चार वटा भन्थिस त?" ट्वाकले सम्झायो।
"भन्न भन्न परेसी अब ---" सुपारीको फुर्ती उत्तीकै थ्यो।
"ल ल म कहाँ जाने हो चुपचाप हिन्ने, लामो कुरा गरीस भने ठानामा खबर गर्दीन्छु"
ट्वाकले सुपारीलाई हपार्या जसरी भन्यो।
"के को ठाना? कुन ठाना?" सुपारीले टक्क अडेर सोध्यो।
"कुन ठाना अब? तेरो घर नी" ट्वाकले सुनायो।
सुपारीले केही भनेन। न्याल्मा टोलमा पुगेपछी बिदा बारी भैयो त्यो दिनको लागि--अनि ट्वाक र सुपारी एका तिर लागे, बाङ्गे र म अर्को तिर।
"त्यो सुपारीले अघि एउटा चैं गजब घत पर्ने कुरा गर्यो है?" बाङ्गेले झिक्यो कुरा।
"के त्यै चारवटा तरुनी भन्ने?" मैले सोधें।
"होईन त्यो तरुनीसँग भाग्ने कुरा के -- अब तरुनी हामी सँग नभाग्ने हो भने हामी तरुनी सँग भाग्न पाए नी हुन्थ्यो नी" बाङ्गेले भन्यो।
मैले उस्लाई हेरें मात्रै, केही भनीन।
"तँ भाग्थिस पाए देखि तरुनी सँग? म त भाग्थें, यार मरीजाम?" उस्ले आफ्नो बिचार भन्यो।
"कैले काईँ त चाहीने पनि कुरा गर्न बाङ्गे" मैले झर्केर भनें।
'उसो भए ल हिन हामी भोलीको नाईट बस बाट जाम बीरगन्ज--घराँ मनकामना जाने भनेर हिनम्--अब मनको कामना पुरा गर्न जाने त हो"
"के गर्न जाने बीरगन्ज?" मैले सोधें।
"ब्यान सुरेश अंकलले भनेको बिर्सीस? तरुनीहरु मामाघर गए भन्या के त? बीरगन्ज भन्या हैन?"
"त्यै त बीरगन्ज बस पार्कमै छ होला नी उनीहरुको मामाघर, अझ बसमै लिन आउँछन होला हामीलाई, कसो?" मैले बाङ्गेलाई घुर्दै भनें।
"त्यो त पत्ता लागि हाल्छ नी, तँ त्यस्को चिन्ता न ली न" बाङ्गे अझ भन्दै थ्यो।
"जा घराँ गएर सुत अब, आजको लागि पुग्यो तरुनीको गफ" मैले भनें।
"हैन साँच्चै भन्या मैले, जाने हो भने तँ भन मात्रै--बीरगन्ज पनि घुमीने--उनीहरुलाई भेट भए भैगो नभए अरु पनि होलान नी त कस्सेका तेता हुँदी-- खतरा त खतरै छ त्यै पनि म बन्दोबस्त गर्छु ल, गरम्?" बाङ्गेले सोध्यो।
"त्यस्तो खतरा छ भने कति चाहिने हो म दिम्ला नी?" मैले केही भन्नु अघि नै अरिङ्गालले चिल्या जसरी पछाडीबाट आवाज आयो।