बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो।
"भनेसी के ट्र्याजिडी पर्यो फेरी?" नारनजात्रामा दुई तिर बाट डोरी तानेर मही पार्या जसरी घुमाउँदा जसरी यता र उता ढल्किन्थ्यो त्यो रथमा भएको खाँबो त्यै चालमा हाम्रो अगाडी आईपुगेर चुरोटको लागि हात तेर्साउँदै सोध्यो सुपारीले।
"तरुनीहरु पोईल गा हुन र ट्रयाजिडी पर्न लाई? मामाघर गा रे भन्दै छु -- आईहाल्छन नी" बाङ्गेले चुरोट सुपारी तिर दिँदै भन्यो।
चुरोट एका तिर सुपारी अर्कै तिर समात्न खोज्थ्यो, एक दुई चोटी पछी समाति छोड्यो अनि एक सर्को तानेर "अलिकति जाँड खाए पछी त चुरोटले समेत जिस्काउने , के भा होला?--कति चोटी ट्वाँट लाएर घराँ पुग्दा बरु बाउले थाह पाउँदैनन आज यो चुरोटले थाह पायो ल मैले जाँड खाको--"भन्यो।
बिहान ज्ञानेस्वर तिर बाट बाङ्गे र म तरुनीले चुम्बन दिनै आँट्या बेला सपनाबाट ब्युँझ्या जस्तो दिक्क मानेर आउँदै गर्दा ट्वाक सँग भेट भाको थ्यो मालीगाउँमा। बाउ सँग थ्यो उ। खासै कुरा भएन। एक त बाउले घुरेका, त्यस्माथि हामी पनि झोक्राएका थिम। ट्वाकले "काँ गएर आ?" भन्यो, मैले बाङ्गे तिर हेरेर "सुरेश अंकलकहाँ" भनें। "भेट भएन" बाङ्गेले थप्यो। ट्वाक अलि अलि हाँस्दै बाउ सँग बाटो लाग्यो।
दिउँसो सुपारी र ट्वाक दुबै सँग भेट भएन। झ्यालिन्चा र छ्याक सँग माहाराजगन्जमा मेरो धाम हुँदै सुपारीको मठ चण्डोल पुगियो अनि बिशालनगरमा आए पछी छ्याक र झ्यालिन्चा फेरी बालुवाटार तिर लाग्ने भए, काम छ भनेर। "आँखा सारै बिझायो, नत्र त नगए नी हुने हो" छ्याकले भन्यो। बुझेकै काम हो।
"ल ल गणेशथानमा हैन त?" मैले उनीहरुको र हाम्रो बाटो छुटने त्यो बशन्त सम्सेरको दरबार अगाडी उभीएर सोधें।
"त्यसै भन्थ्यो ट्वाक" झ्यालिन्चाले भन्यो।
"ल ल छ्याक:, गरी खा, भ्याईस भने आईज उतै -- बरु छिटछिटो जा, औषधी पसलमा झ्याल ढोका लाउलान र आँखा त बिझायो बिझायो अन्त पनि घोच्न थाल्ला फेरी।" मैले बाटो लाग्दै भनें। छ्याक र झ्यालिन्चा दुईटै हाँसेको सुनियो।
अनि गणेशथानमा थिएम हामी। "अब लाग्नु पर्छ यार, चिसो चिसो पनि भो, रात पनि पर्यो" ट्वाकले भन्यो।
"आज पनि चारवटा तरुनीको बन्दोबस्त भएन, थुक्क जिन्दगी" सुपारीले साँच्चिकै थुकेर भन्यो।
हामी मन्दीरबाट अगाडी यसो हिन्या मात्रै के थिएम एउटी दीदी आईन मन्दीर तिर, अलि नजिकै आए पछी चिनिछन क्यारे हामीलाई "एस् एल सी दिनु पर्ने मान्छेहरुको ताल हेर्नु नी" भनिन्।
"हाम्रो भर नपर्नुस दीदी" ट्वाकले पनि तुरुन्तै जबाफ दियो।
"को भर पर्या छ र तिमेरको?" दीदीले झर्केर भनीन।
"त्यै त , अब कोई नपार ब्या गरीसक्या दीदी हाम्रो भर परेर बस्नु भा छ कि क्या हो?" सुपारी दीदीलाई समेत लडाउने हो कि झै गरी हुत्तेर "होईन भन्या दीदी?" भन्न पुग्या थ्यो, दीदी चै "ए मुर्दार!" भन्दै आत्तेर फटाफट हिनिन।
"दीदी त भर परीनन् तर अब एक छिन यहाँ अरु बस्ने हो भिनाजुले आएर हामीलाई अभर पार्न बेर लाउँदैन, घर तिरको बाटो लाग्नु पर्यो केटा हो अब" मैले भनें।
"अब यो तालाँ घर गईयो भने त बाउले कपालाँ समातेर जांतो घुमा जसरी घुमाउने हुन कि? म नी तँ काँ आउनु पर्यो यार ट्वाक, पछी अलि ढिलो पनि हुन्छ, जाँडले पनि छोडछ अनि घर जान्छु, तँ कहाँबाट यसो एक दुईटा किताब लिएर गए सी पढेर आको भने नी भो" सुपारीले भन्यो।
ट्वाक हुँदैन भन्थ्यो सुपारी दाई भन्छु नी भन्थ्यो।
"अघि खाने बेलाँ चैं यति ले <