Posted by: sulab March 20, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        









नयाँ सवारी भाडा लागू गरेर छाडने मन्त्री भट्टको प्रतिबद्धता



































४-चैत-२०६५,मंगलवार



काठमाडौ।
श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टले सरकारले हालै सार्वजनिक
गरेको वैज्ञानिक भाडादरप्रति यातायात व्यवसायी तथा आम जनता सहमत भइसकेकाले
यसलाई कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ।  
सो भाडादर
स्वीकार नगर्ने यातायात व्यवसायीलाई कारबाही गर्नेक्रममा आजै ५० भन्दाबढी
सवारी साधनलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो।  
इन्धनको
मूल्य घटबढ हुँदा ३५ प्रतिशतले भाडादरमा घटबढ हुने व्यवस्था गरिएको उल्लेख
गर्दै मन्त्री भट्टले भोलिदेखि चक्रपथमा चल्ने माइक्रोबसमा समेत अनुगमन
गरिने र कारबाहीमा परेका यातायात व्यवसायीले विरोध गर्न थाले तिनका सवारी
साधनको इजाजतपत्रसमेत खारेज गरिने जानकारी दिनुभयो।  
पत्रकारहरूको
जिज्ञासामा उहाँले हाल सञ्चालमा रहेका १५ वर्षभन्दा पुराना सवारी साधनलाई
हटाउन सरकारले नयाँ नीति ल्याउन लागेको पनि उल्लेख गर्नुभयो।  
मन्त्री
भटृले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई नहटाउन सरकारले पहल
गरिरहेको, नेपाली उद्योगभित्र अनुशासन कायम गरी उत्पादन बढाउने, मजदुरका
अधिकार सुनिश्चित गर्ने तथा उद्योगहरूमा लोडसेडिङको असर कम गर्न छुट्टै
कार्यक्रम ल्याउन लागिएको जानकारी पनि दिनुभयो।





http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=20705

Read Full Discussion Thread for this article