Posted by: sulab March 20, 2009
lauu maile ta malai maan lageka kura lekhe hai!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        


ँ'स्वच्छ वायु र वातावरण नयाँ संविधानमा राख'





कान्तिपुर संवाददाता


काठमाडौं,
चैत ६ - 'स्वच्छ वातावरण र स्वच्छ पिउने पानी' लाई नयाँ संविधानको मौलिक
हकमा राख्न विशेषज्ञहरूले सुझाव दिएका छन् । राष्ट्रिय प्रकृति संरक्ष्ाण
कोषले पानी दिवसको पूर्वसन्ध्यामा बिहीबार राजधानीमा गरेको

'संविधानमा जलवायु परिवर्तन र पानी व्यवस्थापन' विषयक कार्यक्रमका वक्ताले त्यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा
वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले नयाँ संविधानमा स्वच्छ
पिउने पानी र स्वच्छ वातावरणबारे प्रचार गर्न गएको सातादेखि नै अभियान
थालेको बताए । उनले भने, 'भोलिको नेपाल समृद्ध बनाउने हो भने, स्वच्छ
पिउने पानीमा जोड दिनुपर्छ ।'

वनमन्त्री
किरण गुरुङले वातावरण सुधारका लागि रूख रोप्ने अभियान थालिने जनाए । उनले
नेपालको सामुदायिक वन विश्वभरि नमुना भएकाले त्यसको बौद्धिक अधिकार खोज्न
मन्त्रालयले आगामी महिना अमेरिकामा हुने 'वन सम्मेलन' मा पहल गर्ने बताए ।
वन सचिव उदयराज शर्माले मुलुकमा देखिएका वातावरणीय समस्या समाधान गर्न
सबैको पहल आवश्यक पर्ने बताए ।







Posted on:
2009-03-19 20:18:09

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=185426

Read Full Discussion Thread for this article