Posted by: sulab March 19, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        


la hernus ye tarai- madesh ka neta haru lai ajhai sima michiyeko gyan nai chhaina. kasari hunthiyo ta master ko birudha ma kasari bolna sakchha ra kasai le pani. yo upendra yadav sala  bihari puppet  ajha thulo thulo kura garchha.




सीमा विवादमा मधेसवादी दल मौन





नवीन झा


काठमाडौं,
चैत ५ - सुस्तालगायत सीमा विवादबाट मधेस सबैभन्दा बढी मर्कामा छ । तर
मधेसवादी दलहरूले भने यो मुद्दालाई कसरी लिएका छन् ? मधेसी जनअधिकार फोरम,
तमलोपा, सद्भावना र सद्भावना

-आ) यो मुद्दामा मौन मात्र होइन सीमा मिचिएको मान्नसमेत तयार छैनन् ।

नवलपरासीको
सुस्तामा मात्र १४ हजार र मधेसका अरू एक दर्जन जिल्लामा ९ हजार हेक्टर
जमिन भारतले मिचेको नागरिक र गैरसरकारी संस्थाको दाबी छ । सुस्ता जमिन
मिचिएको नापी विभागले समेत बताएको छ । 'हाम्रो जग्गा कसले मिचेको छ, त्यो
मलाई थाहा छैन,' परराष्ट्रमन्त्री तथा फोरम अध्यक्ष उपेन्द्र यादवले
बुधबार कान्तिपुरसँग भने, 'यदि कसैले मिचेको छ भने एक इन्च पनि छोड्दैनौं
।'

सन्
२००३ मा जापानी दातृ संस्था जाइकाको सहयोगमा नापी विभागले तयार पारेको
सुस्ताको नक्सामा १४ हजार हेक्टर नेपाली जमिन मिचिएको देखिएको छ । तर भारत
सरकार असन्तुष्ट हुने डरले नेपाल सरकारले यो नक्सा हालसम्म सार्वजनिक
गरेको छैन ।

विभिन्न
अध्ययनअनुसार सुस्ता, इलाम, झापा, पर्सा, सुनसरी, सप्तरी, कैलाली, बर्दिया
र कञ्चनपुरलगायत तराईका जिल्लामा
झन्डै ९ हजारभन्दा बढी सीमा मिचिएको छ ।

मधेसवादी
दलहरू स्थलगत अध्ययनमा समेत नआएको सुस्तास्थित जनता दलित प्राविका सञ्चालक
समितिका अध्यक्ष कमाल खाँले बताए । 'तमलोपाका नेता हृदयेश त्रिपाठी यही
क्षेत्रका हुन्,' खाँको दुःखेसो छ, 'तर उनी एकपटक पनि यहाँ आएको सम्झना
छैन ।'

तमलोपा
उपाध्यक्ष त्रिपाठीले आफू २० वर्षदेखि सुस्तामा पुग्न नसकेको स्वीकार्दै
भने, 'संविधानसभा चुनावमा मात्र सुस्ता मेरो क्षेत्रमा परेको हो । तर
विभिन्न कारणले गर्दा त्यतिबेला पनि म पुग्न सकिन ।'

सीमा
विवाद बढ्दै गएपछि एक वर्ष भारतको नयाँदिल्लीमा भएको नेपाल-भारत संयुक्त
प्राविधिक समिति बैठकले सुस्ता र कालापानीबाहेक ९८ प्रतिशत सीमा रेखांकन
भएको बताएको थियो । सुस्तामा जमिन मिचिएको भारतले अस्वीकार गरेपछि नेपाली
पक्ष माइन्युटसमेत नगरी फर्केको थियो ।

गत
मंसिर ९ मा काठमाडौं आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत
सुस्तालगायत केही क्षेत्रमा सीमा विवाद रहेको स्वीकार्दै त्यसलाई आपसी
समझदारीबाट सुल्झाइने बताएका थिए ।

सीमा
समस्याबारे राष्ट्रिय बहस भइरहँदा पनि मन्त्री यादवले भने खासै विवाद
नरहेको बताए
। सीमासम्बन्धी ९८ प्रतिशत काम भइसकेको दाबी गर्दै उनले बाँकी
आपसी समझदारीबाट सुल्झाउन प्रयास भइरहेको जनाए । 'सीमाजस्तो संवेदनशील
विषयमा जे पायो, त्यो सबैले बोल्नु हुँदैनन्,' उनले भने ।

स्थानीयवासीले
भने मधेसको ठूलो दल फोरमका अध्यक्ष परराष्ट्रमन्त्री हुँदासमेत सुस्ताबारे
केही नभएको गुनासो गरे
। तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले सीमा
अतिक्रमणबाट सबैभन्दा बढी मधेसी पीडित भएको उल्लेख गर्दै यसबारे सरकारहरू
पन्छिने गरेको आरोप लगाए ।

सीमा
विवादलाई उनले भारतविरुद्धको नकारात्मक प्रचारबाजीको संज्ञा पनि दिए

'भारतले पनि यो समयमै बुझ्नुपर्छ, नत्र उसका लागि समेत राम्रो हुँदैन,'
उनले भने ।

सद्भावनाका
महासचिव अनिल झाले नेपालमा सीमा समस्या सुनियोजित ढंगले उठ्ने गरेको दाबी
गरे । सीमा समस्या उठाएर केही तत्त्वले आफूलाई राष्ट्रवादी देखाउन खोजेको
उनको आरोप छ । 'प्रमाणबिना कुनै देशमाथि आरोप लगाउनु उचित हुँदैन,' झाले
भने ।

नेपाल
सद्भावना -आ) का अध्यक्ष श्यामसुन्दर गुप्ताले भारतले मात्र सीमा मिचेको
मुद्दा उठ््ने गरेको तर चीनले मिचेकोबारे नबोलिएको बताए । 'चीनले सीमा
मिचेको कसैले उठाउँदैन तर भारतले मिचेको भन्दै सबै राष्ट्रियता देखाउन
थाल्छन्,' उनले भने
। भारत होस वा चीन कसैले पनि नेपालको सीमा मिच्न
नपाउने उनले बताए । मधेसवादी दलका नेताका धारणा मात्र होइन, उनीहरूका
दस्तावेजसमेत सीमाबारे केही उल्लेख छैन । फोरम, तमलोपा, सद्भावनाका कुनै
पनि कार्यक्रममा सीमा विवादबारे उल्लेख भएको देखिँदैन । 'पार्टी बोर्डरका
खोलिएको हो र ?' महासचिव झाले भने ।

तमलोपाका
प्रवक्ता शुक्ल मधेसवादी दलले बेलाबेलामा सीमा समस्या उठाउने गरेको दाबी
गरे । 'चाहेजति उठाउन नसकिएको सत्य हो, अब त्यसप्रति सोच्नेछौं,' उनले

भने
। फोरम विदेश विभागका एक सदस्यले पार्टीमा सीमासम्बन्धी मुद्दा उठेको
आफूलाई थाहा नभएको बताए । 'त्यसप्रति पार्टीहरूको ध्यान गएको देखिँदैन,'
उनले भने ।

Read Full Discussion Thread for this article