Posted by: sulab March 18, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        






समसामयिक
 



















छोटा राजन गिरोहका तीनजना पक्राउ




 


काठमाडौँ,
चैत ५ गते । नेपाल सरकारका उच्चपदाधिकारीको हत्या गरी राज्य व्यवस्थालाई
अस्तव्यस्त बaनाउने योजनाअनुरूप स्वचालित हतियार एस.एम.जी र
पेस्तोललगायतका अत्याधुनिक हतियार बोकेर राजधानीमा विभिन्न किसिमका
शृङ्खलाबद्ध अपराधका योजना बनाउँदै गरेको एक समूहलाई प्रहरीले पक्राउ गर्न
सफल भएको छ ।


मङ्गलबार ८ बजे राति स. १ प ९७९० नम्बरको पल्सर
मोटरसाइकल चढेर झोलामा ती हतियार राखेर सिफल क्षेत्रमा घुमिरहेको अवस्थामा
सप्तरी कोलरीका टिङ्कु उपनामले परिचित गणेश साह, सर्लाही अचलगढका बिक्की
भन्ने अनिल बाँनिया र राजविराज हटियाका मुकेशकुमार यादवलाई पक्राउ गरिएको
जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँले दिएको छ ।


तीनैजनाले आफूहरू भारतीय कुख्यात आपराधिक गिरोहका नाइके
छोटा राजनसँग सम्बन्धित व्यक्ति भएको प्रहरीसामु स्वीकारेका छन् ।
बेलायतमा बनेको अत्याधुनिक हतियार साइलेन्स- १ थान, एसएमजी-२ थान र चारथान
पेस्तोलसहित पक्राउ परेका अभियुक्तहरूले भने आफूहरू हतियारको व्यापार गर्न
काठमाडौँ आएको बताएका छन् ।


महानगरीय प्रहरीले पक्राउ अभियुक्तका बारेमा जानकारी
दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी आयुक्त कार्यालयका
निमित्त आयुक्त भरतबहादुर जिसीले भन्नुभयो, यति ठूलो र खतरनाक हतियारसहित
काठमाडौँमा मान्छे पक्राउ परेको यो पहिलो घटना हो । बेलायतमा बनेको
साइलेन्स हतियार आफूले पहिलोपटक देखेको उहाँले बताउनुभयो ।


काठमाडौँमा धेरै ठूला आपराधिक घटना गराएर राज्यलाई
अस्तव्यस्त पार्ने नियोजित योजना अनुरुप प्रवेश गरेका पक्राउ ती तीनजना
अभियुक्तहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी पनि उहाँले दिनुभयो
। उनीहरूलाई प्रहरीको विशेष अनुसन्धान टोलीले सुराकीको आधारमा पक्राउ
गरेको हो ।


यति ठूलो र धेरै हतियार झोलामा बोकेर अभियुक्तहरू कसरी
काठमाडौँमा प्रवेश गरे ? यससम्बन्धमा भने प्रहरीले रहस्य खोल्न सकेन ।
काठमाडौँ परिसरका प्रमुख नवराज सिलवालले भन्नुभयो, यिनीहरू समयमै पक्राउ
नपरेको भए काठमाडौँमा ठूलो दुर्घटना हुन्थ्यो । प्रतिहतियार सात लाख
रुपियाँमा बिक्री गर्ने योजनाअनुरुप काठमाडौँ आएको बयान दिए पनि पक्राउ
अभियुक्तहरू भारत मुम्बैको ताजमहल होटलमा भएको जस्तो घटना गराउन नेपाल
आएको आशङ्का प्रहरीले गरेको छ ।


नेपाल धर्मनिरपेक्ष राज्य भएपछि हिन्दू राज्य हुनुपर्ने
माग गर्दै विभिन्न किसिमका अराजक गतिविधि सञ्चालन गर्दै आएका समूहले नै
उनीहरूलाई हिंसात्मक गतिविधि सञ्चालन गर्न काठमाडौँ पठाएको हुनसक्ने
प्रहरीले जनाएको छ । पक्राउ अभियुक्तहरूसँग प्रहरीले लिएको 'रेकटेड'
बयानमा समेत उनीहरूले आफूहरू छोटा राजनको कार्यकर्ता भएको स्वीकारेका छन्
। भारतमा सक्रिय आपराधिक गिरोह बबन सिंह र पप्पु यादवसँगसमेत उनीहरूको
सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।


http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=15910&cat_id=14
Read Full Discussion Thread for this article