Posted by: Himalaya178 March 17, 2009
How many you all from Chitwan Living in USA
Login in to Rate this Post:     0       ?        

Chitwan ko yaad ma:


वाईसीएल आक्रमणमा १५ घाइते



दीपेन्द्र बडुवाल


नारायणगढ, चैत ३ - वाईसीएलका कार्यकर्ताले भरतपुर र नारायणगढका विभिन्न क्याम्पसमा नेविसंघ उम्मेदवारमाथि सांघातिक आक्रमण गर्दा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १० गम्भीर छन् ।

वाईसीएलले आक्रमण गर्दा खुँडा, खुकुरी, तरबारजस्ता धारिला हतियार प्रयोग गरेको पाइएको छ । माओवादीले भरतपुरको कृष्णपुरस्थित वाईसीएल क्याम्पबाट कुटपिटका लागि कार्यकर्ता परिचालन गरेको थियो ।

संघका विद्यार्थीमाथि वाईसीएलले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको छ । 'प्रारम्भिक अनुसन्धानले वाईसीएलले कुटपिट गरेको देखिएको छ,' प्रहरी निरीक्ष्ाक प्रकाश मल्लले भने, 'घटनास्थलमा सर्वसाधारणले पनि त्यही देखेको बताए ।' प्रत्यक्षदर्शीका अनुसार कुटपिटमा संलग्न व्यक्तिले 'पीएलए' लेखेको गाडी चढेका थिए । 'आक्रमणकारी कतै देखिएनन्,' उनले भने, 'वाईसीएल क्याम्पमा मात्रै चहलपहल छ ।'

सोमबार बिहान चुनाव प्रचारप्रसारका क्रममा नारायणगढस्थित बालकुमारी कलेजमा क्रान्तिकारी र नेविसंघका विद्यार्थीबीच झडप भएको थियो । त्यस क्रममा नेविसंघका ३ उम्मेदवार गम्भीर घाइते भएका

थिए । बालकुमारीमा उपसभापतिका उम्मेदवार गौतम गुरुङ, सचिव पदका दाताराम घिमिरे र सदस्यमा उठेका प्रदीप पाठक घाइते भए । त्यति नै बेला वीरेन्द्र क्याम्पसका सचिव मित्रनिधि तिवारीलाई क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरी घाइते बनाए । 'मलाई मरणासन्न बनाएर नालीमा फ्याँके,' भरतपुर अस्पतालमा उनले भने ।  

स्थानीय बासिन्दाका अनुसार बिहान ४० भन्दा बढी मोटरसाइकल र दुईवटा गाडीमा सवार अपरिचित व्यक्तिले भरतपुर र नारायणगढका क्याम्पसमा घरेलु हतियारसहित घुमेर शक्ति प्रदर्शन गरेका थिए । त्यसबाट विद्यार्थी र स्थानीय बासिन्दा आतंकित थिए । त्यसक्रममा हतियारधारी भरतपुरस्थित मैयादेवी कन्या कलेजमा प्रवेश गरेका थिए । उनीहरूले नेविसंघका ब्यानर, पोस्टर च्यात्नुका साथै धम्क्याएका थिए । 'जान मिल्दैन भनें, धकेलेर छिरे,' कन्या कलेजका गार्ड देवबहादुर कँडेलले भने, 'लठ्ठी बोकेका थिए ।'

बिहानको घटनाको विरोधमा दिउँसो नेविसंघका विरोधीले पनि शक्ति प्रदर्शन गरेका थिए । उनीहरूले पनि मोटरसाइकल र बसमा क्याम्पस चहारेका थिए । त्यसक्रममा रामपुरस्थित कृषि तथा पशु विज्ञान क्याम्पस पुगेका नेविसंघका विद्यार्थीको आक्रमणबाट क्रान्तिकारी समर्थक बि्रजेश मिश्र घाइते भएका थिए । रामपुर क्याम्पसबाट फर्किने क्रममा वाईसीएलले बसमा आक्रमण गरेका थिए । डीएसपी केदारसिंह राठौरका अनुसार रामपुरबाट फर्किरहेका नेविसंघका विद्यार्थी सवार बसलाई छेकेर वाईसीएलले आक्रमण गरेका थिए । त्यसक्रममा नेविसंघ समर्थक ८ छात्रासहित ११ जना घाइते भएका छन् । आक्रमणमा वसन्त ढकाल, दिनेश रानामगर, राजेश भूषण, धनबहादुर मगर, सुषमा सापकोटा, सविना भुसाल, सारदा संग्रौला, सविना न्यौपाने, नर्वदा दाहाल, लक्ष्मी न्यौपाने र प्रतीक्ष्ाा पौडेल घाइते छन् । घाइतेमा अधिकांश नेविसंघका उम्मेदवार रहेका छन् ।

'बस रोकेर भाग भने,' पीडित छात्रा कल्पना खकुरेलले भनिन्, 'तिमीहरू राजनीति गर्ने भन्दै कुटे ।' उनले आक्रमण गर्नेहरू विद्यार्थी नभएर वाईसीएल भएको बताइन् । घाइतेमध्ये सातजनाको चितवन मेडिकल कलेज र बाँकीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ

Read Full Discussion Thread for this article