Posted by: sulab March 17, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        
कर नतिर्नेलाई अब कारबाही
 

काठमाडौँ, चैत ३ गते । स्वयंकर घोषणा कार्यक्रममा सहभागी नभएकालाई आन्तरिक राजस्व विभागले कारबाही थाल्ने भएको छ । कारबाहीका लागि स्वयंकर कार्यक्रममा सहभागी नभएकाको सूचीसमेत तयार पार्न थालेको विभागस्रोतले जानकारी दिएको छ ।


कारबाही थाल्ने विषयमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, अर्थ मन्त्रालयका दुईजना सचिव रामेश्वर खनाल र कृष्णहरि बाँस्कोटा, आन्तरिक राजस्व विभागका महानिर्देशक कपिलदेव घिमिरे र राजस्व अनुसन्धान विभागका महानिर्देशक टङ्कमणि शर्माबीच आन्तरिक बैठकसमेत भएको थियो ।


बैठकले आन्तरिक राजस्व विभागलाई कारबाही गर्ने व्यक्तिको सूची र कारबाहीप्रक्रियाका विषयमा कार्ययोजना बनाउन निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । आन्तरिक राजस्व विभागले बुधबारभित्रै कार्ययोजना पेस गर्ने र त्यसपछि कारबाहीप्रक्रिया सुरु हुनेसमेत विभागस्रोतले बतायो ।


विभागस्रोतका अनुसार पहिलो चरणमा क-कसलाई छानबिन गर्ने भन्ने विषयमा कार्ययोजना बनिरहेको छ । सरकारले असोजमा सार्वजनिक गरेको बजेटबाट सुरुमा माघ मसान्तसम्म आयको स्वयंघोषणा गर्न आग्रह गरेको थियो । पछि व्यापारीको उत्साह र सरकारको सहमतिमा कार्यक्रमलाई फागुन मसान्तसम्म लम्ब्याइएको थियो ।


सूचीमा समावेश भएका तर फागुन मसान्तसम्म आयको स्वयंघोषणामा सहभागी नभएकालाई कारबाही थाल्न अर्थमन्त्री डा. भट्टराईले बैठकमा निर्देशनसमेत दिनुभएको थियो । विभागले स्वयंकर घोषणामा सहभागी हुनुपर्ने १० हजारजनाको सूची तयार पारेको थियो ।


यो सूचीमध्ये साढे तीन हजारजनाले १५ अर्ब रुपियाँ आयको स्वयंघोषणा गरेर एक अर्ब ५० करोड रुपियाँ राजस्वसमेत तिरेका थिए ।


विभागस्रोतका अनुसार शिक्षा र परामर्श सेवाका लगानीकर्ता, घरजग्गा दलाल, वैदेशिक रोजगार व्यवसायी, पेसाकर्मी, कर्मचारी र केही राजनीतिज्ञ कारबाहीको सूचीमा छन् । कारबाहीको सूचीमा केही ठूला व्यावसायिक घरानासमेत पर्ने विभागस्रोतले जानकारी दिएको छ ।


"केही ठूला व्यावसायिक घरानाले सरकार र व्यवसायीबीचको सहमतिअनुसार 'उत्पादनशील क्षेत्रमा लगानी' नगरेको पाइए उनीहरूलाई कारबाही हुन्छ", विभागस्रोतले जानकारी दियो । विभागले घरजग्गाको कारोबारका आधारमा मालपोत कार्यालय, ठूला गाडी खरिदबिक्रीको आधारमा यातायात कार्यालय, वैदेशिक रोजगार पठाउने व्यक्तिको सङ्ख्याका आधारमा वैदेशिक रोजगार प्रवर्द्धन विभागबाट सूचना सङ्कलन गरेको छ ।


विभागले सेयर कारोबारका आधारमा नेपाल स्टक एक्सचेन्ज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरेको लगानीको आधारमा राष्ट्र बैङ्क र बिमा समिति, निक्षेप तथा कर्जा प्रवाहका आधारमा बैङ्क तथा वित्त संस्था, कम्पनीमा गरिएको लगानीका आधारमा कम्पनी रजिस्टार कार्यालय र कर तिरेको आधारमा कर कार्यालयहरूबाट सूचना सङ्कलन गरेको छ ।


यही सूचनाका आधारमा विभागले आयको स्वयंघोषणामा सहभागी हुनुपर्ने १० हजारजनाको नामावली तयार पारेको थियो । विभागले बुधबारसम्म सूचीमा भएका नामावलीमध्ये आयको स्वयंघोषणामा सहभागी भए र नभएकाको विवरण छुट्याइसक्ने जानकारीसमेत दिएको छ ।


विभागले आयको स्वयंघोषणामा सहभागी नहुनेको सम्पत्ति र आय छानबिन तथा कारबाही गर्न कार्यविधिसमेत स्वीकृत गरिसकेको छ । त्यसैगरी आयसम्बन्धी गोप्य सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने कार्यविधिसमेत स्वीकृत गरिसकेको छ ।


http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=15830&cat_id=14


ल है साना झिना मसिना लाई समातेर समतेको जस्तो गर्ने हैन ठुल भनौदा लाई पनि समौनु पर्‍यो.


"  कारबाहीको सूचीमा केही ठूला व्यावसायिक घरानासमेत पर्ने विभागस्रोतले जानकारी दिएको छ ।


"केही ठूला व्यावसायिक घरानाले सरकार र व्यवसायीबीचको सहमतिअनुसार 'उत्पादनशील क्षेत्रमा लगानी' नगरेको पाइए उनीहरूलाई कारबाही हुन्छ",   "



केही गर्ला जस्तो छ।
कानुन अबै को लागि समान हुनु पर्छ। न कि 


 "Nepal KO  kanun (law) bhane ko makura ko jalo jastai ho. sano tino kira, jhinga faschan tesma thulo thulo fatangra haru jali chyatera niskinchhan. "


yo bhanai lai galat sabit garnu paryo yo sarkar le.


jay nepal and nepali.

Read Full Discussion Thread for this article