Posted by: sulab March 17, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        
राजस्व छली रोक्न पसलहरूमा सिलबन्दी
 

काठमाडौँ, चैत ३ गते । राजस्व छलीलाई रोक्न अर्थ प्रशासनले बजार निरीक्षणलाई प्रभावकारी बनाएको छ । आयको स्वयंघोषणा कार्यक्रमसम्मलाई अर्थ मन्त्रालयको आन्तरिक सहमतिमा बजार निरीक्षण केही सिथिल बनाइएको थियो । आयको स्वयंघोषणा कार्यक्रम सकिएको तेस्रो दिन सोमबार राजस्व अनुसन्धान विभागले आरबी कम्प्लेक्सका आठवटा र सुरज आर्केडको एउटा पसलमा सिलबन्दी गरेको छ ।


सिलबन्दी सुरु गरेपछि स्थानीय व्यापारीले विभागका कर्मचारीलाई बन्धक बनाएका थिए । चार घन्टासम्म बन्धक बनेका कर्मचारीलाई विभागको आग्रहपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक टङ्कमणि शर्माले जानकारी दिनुभयो ।


विभागले बजार निरीक्षणलाई प्रभावकारी बनाएपछि राजस्व प्रशासन र व्यापारीबीच विवादसमेत बढेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले चेम्बरसँगको सहमति तोडेर विभागले छापा मारेको दाबी गर्नुभयो ।


उहाँले यस विषयमा स्थानीय चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घको सहमतिपछि आन्दोलन थालिने चेतावनीसमेत दिनुभयो । अध्यक्ष मालाकारले राजस्व अनुसन्धान विभागले सशस्त्र सुरक्षाकर्मीलाई परिचालन गरेर व्यापारीलाई आतङ्कित पारेको टिप्पणीसमेत गर्नुभयो ।


विभागका महानिर्देशक शर्माले राजस्व छलीको सूचनाका आधारमा पसललाई सिल गरिएको बताउनुभयो । उहाँले सिल गरिएका पसलमा राजस्व छलीसम्बन्धी छानबिन गरिने तथा सिल तोड्ने र कर्मचारीलाई अभद्र व्यवहार गर्ने व्यापारीलाई प्रशासनिक कारबाही गर्नेसमेत बताउनुभयो ।


महानिर्देशक शर्माले कर छल्नेसँग वार्ता र सहमति नगरिनेसमेत बताउनुभयो । "कानुनी प्रक्रिया जे हुन्, ती सबै कानुनी प्रक्रियाअनुरुप हुन्छन् । छली भए व्यापारी कारबाहीको भागिदार हुनुपर्छ", महानिर्देशक शर्माले भन्नुभयो । उहाँले छलीविरुद्धको कारबाहीमा व्यापारीलाई सूचना दिएर जान नसकिने स्पष्टसमेत पार्नुभयो ।


राजस्वको छानबिनविरुद्ध व्यापारीले सोमबार न्युरोड, असनलगायतका बजार बन्द गराएका थिए भने राजस्वका कर्मचारीलाई उद्धार गर्न आएका सुरक्षाकर्मीलाई ढुङ्गासमेत प्रहार गरेका थिए । आरबी कम्प्लेक्स व्यापार सङ्घका पूर्वअध्यक्ष परशुराम दाहालले कानुनको विरोध नगरी पसल सिल गर्ने प्रक्रियाको विरोध गरेको बताउनुभयो ।


सुरज आर्केड व्यापार सङ्घका अध्यक्ष हिम स्वारले विभागले शङ्काको भरमा व्यापारीलाई तर्साउने प्रवृत्तिको विरोध गरेको बताउनुभयो ।


http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=15836&cat_id=14


राजस्व अनुसन्धान विभाग को कर्मचारीहरु होस् गर्नुस् है कतै अगाडि शिल लको छु भनेर makhha  पर्नु होला। तर बाँकी सबै समान हरी ब्याकडूर बाट गायब होला नि।


 

Read Full Discussion Thread for this article