Posted by: sulab March 17, 2009
लौ कसैले त आन्त्त गरेछ।
Login in to Rate this Post:     0       ?        

माओवादीका चार कमान्डर हतियारसहित पक्राउ


काठमाडौं, (नेस) चितवनको शक्तिखोरस्थित माओवादी लडाकू शिविरका चार जना ब्रि्रेड कमान्डरलाई प्रहरीले बौद्धबाट हतियारसहित पक्राउ गरेको छ।

आइतबार राति बौद्धमा शंकास्पद रूपमा हि“डिरहेका ब्रिगेड कमान्डरहरू वीरबहादुर जीएम, प्रकाश जीएम, देवेन्द्र पुन मगर र उग्रेन लामालाई शंका लागी झोला चेक गर्दा प्रहरीले हतियार र गोली फेला पारेको थियो।

संयुक्त राष्ट्रसंघको स्टिकर लगाइएको अवस्थामा रहेका दुइवटा पेस्तोल र २५ थान गोली उनीहरूस“ग फेला परेको थियो। प्रहरीले पक्राउ गरेपछि आफूहरू माओवादी लडाकूको ब्रिगेड कमान्डर भएको उनीहरूले बताएका थिए। उनीहरूलाई प्रहरीले राष्ट्रसंघीय मिसन -अन्मिन) को हतियार निरीक्षण टोलीलाई जिम्मा लगाइदिएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो।


Read Full Discussion Thread for this article