Posted by: abcdef March 16, 2009
ज्यानमारा वाइसिएल र माओवादी
Login in to Rate this Post:     0       ?        

http://www.nayapatrika.com/newsdetail.php?id=903161156029731%20&n_id=26


कलेन्द्र सेजुवाल/नयाँ पत्रिका
2009-03-17,Tuesday

सुर्खेत, ३ चैत
छुरा प्रहारबाट हत्या गरिएका विद्यार्थी रजबहादुर मल्लले डेढ महिनाअघि नै एक अधिकारवादी संस्थालाई जीवनरक्षाका लागि गुहारेको खुलासा भएको छ । मृतक विद्यार्थी राजबहादुरका साथै उनका साथीहरू दानबहादुर मल्ल र वीरेन्द्र मल्लले ५ माघमा अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) सुर्खेतमा जीवनरक्षाको पहल गरिदिन निवेदन दिएको पत्र नयाँ पत्रिकाले फेला पारेको छ ।

निवेदनमा उनीहरूले वाइसिएल कार्यकर्ता पदम रावत 'टाइगर', अनेरास्ववियु -क्रान्तिकारी) की केन्द्रीय सदस्य पञ्चा सिंह, जनसेनाका सदस्यहरू बालकृष्ण सिंह 'गुराँस', वीरबहादुर मल्ल 'सुवास', टक्कबहादुर सिंह र अलि कार्कीबाट आफूहरूको ज्यान जोखिममा परेको उल्लेख गरेका छन् । धम्की दिनेलाई सम्झाई-बुझाई गरिदिन आग्रह गर्दै पत्रमा भनिएको छ, 'उनीहरूले हाम्रो कोठा घेरा हाल्ने, फोनबाट जनमुक्ति सेनाको गाडीमा हालेर भेरीमा फालिदिने धम्कि दिने गरेको हुँदा हाम्रो ज्यान जोखिममा छ ।'

निवेदन पाएलगत्तै समस्या समाधानका लागि पहल गरिएको इन्सेकका सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले बताए । तर, निवेदन दिनेबित्तिकै पीडितहरू सम्पर्कमा नआएकाले दुई पक्षबीच कुरा हुन नपाएको उनको भनाइ छ । 'मैले यसबारे माओवादीका जिल्लास्तरीय नेतासँग पनि छलफल गरेको थिएँ, तर पीडितहरू सम्पर्कमै आएनन् ।' उनले माओवादीका जिल्ला कमिटी सदस्यद्वय प्रशान्त राना र ईश्वरभक्त सुनारसँग कुरा गरेको बताए । यसैबीच, मृतक विद्यार्थीका काका नवराज मल्लले दिएको जाहेरीका आधारमा सुर्खेत जिल्ला प्रहरी कार्यालयले पदम रावत 'टाइगर' विरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता गरेको छ । मल्लले रावतसहित नचिनेका अन्य दुई व्यक्तिका नाममा शुक्रबार किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले हालसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन ।

जन उच्चमावि वीरेन्द्रनगरमा ११ कक्षामा अध्ययनरत पाँखा- ४, कालिकोटका मल्लको २६ फागुन राति बसपार्कस्थित दैलेखी गणेश होटलनजिकै हत्या भएको थियो । घटनाका अभियुक्त र मृतक विद्यार्थीले इन्सेकलाई दिएको निवेदनमा उल्लेख गरिएका व्यक्तिहरू सबै कालिकोटका बासिन्दा हुन् ।

मृतक विद्यार्थी मल्ल र उनका साथीहरू दानबहादुर तथा वीरेन्द्रको लामो समयदेखि अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सिंहसँग झगडा परेको थियो । दसैँमा घर गएका वेला गत कात्तिकमा सिंहमाथि कुटपिट भएको थियो । त्यसलगत्तै पुसको अन्तिम साता वीरेन्द्रनगरमा दुई पक्ष्ाबीच झगडा भएको थियो । मृतक मल्लका फुपूका छोरा राजेन्द्र सिंहले भने, 'दाजुमाथि पहिलेदेखि नै खतरा थियो, तर त्यसको ख्याल नगर्दा ज्यान गयो ।'

Read Full Discussion Thread for this article