Posted by: chipledhunga March 12, 2009
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        

फुच्चे, ढिलै भए पनि जन्मदिनको शुभकामना। अनि झर्ने बेला भएन भन्या भेंडेटारबाट? तराइ बन्द भए पनि धरानसम्म त ढिलो नगरि झरुँ है। हुन त अरुलाई के ढिलो गरेको भन्नु, आँफैले तीन महिनापछि आफ्नो कथाको अर्को भाग थपेको बेला।

जहाँसम्म आज्नेयजीको प्रतिकृया छ, तपाईंले भन्नु भए झैं मुलघाटमा तरिने नदी तमोर हो। यद्यपि सप्तकोशीका सहायक प्रमुख नदीहरुलाई पनि चलनचल्तीमा कोशी भनिन्छ, चाहे तीनका नाममा "कोशी" झुन्डिएका हुन् या नहुन्। त्यसै गरी सप्तगन्डकीका सहायक नदीहरुलाई पनि चलनचल्तीमा गण्डकी भनिन्छ। यो कुरा पनि नबिर्सौं कि सप्तकोशीका सात कोशीहरुमा सुनकोशी र तामाकोशी मात्र होइन कि अरुण र तमोर जस्ता "कोशी" नझुन्डिएका नदीहरु पनि पर्दछन्। त्यसै गरी सप्तगण्डकी अन्तरगत कालीगण्डकी र बुढीगण्डकी मात्रै नभै मर्स्याङ्दी र त्रिशूली जस्ता नदीहरु पनि पर्छन् जसका पछाडि सामान्यतया गण्डकी झुन्डिएको हुँदैन। 
Read Full Discussion Thread for this article