Posted by: chipledhunga March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको तारेमाम सबैलाई।
दिउँसै गीतान्जली चलेछ आज त। मैले पनि बासुदेव हेरेको थिएँ सपरिवार, कुन हलमा चाँही बिर्सें। पसिनाको जलले भन्ने गीतले अर्को अतीतको सम्झना गरायो। त्यो गीत धुलिखेलको टुंडिखेलमा खिचिएको हो। २०४२ सालमा स्कूले बिद्यार्थीहरुको एक शिविर अन्तर्गत त्यही टुँडिखेलमा दुई रात पाल टाँगेर बसिएको थियो। त्यो गोलाकार मन्चमा बसेर भात पनि खाइएको थियो। हिमाली द्रिश्य हेर्नको लागि उत्तम ठाउँ थियो त्यो। राजाको क्षेत्रीय भ्रमण ताकाको समय रहेछ, राजारानीको जयजयकार अनि चिरायु कामना गरिएका थुप्रै स्वागत द्वारहरु थिए बनेपादेखि नै। हिंडेर नमोबुद्धसम्म पनि गैएको थियो। उपरोक्त समूहमा घरमा गाडी, टि.भी, र फोन केही पनि नभएको अल्पसंख्यकमा म पर्दथें। अरु बेला यो कारणले नरमाइलो लागे पनि हिंड्नलाई अरुलाई जस्तो गार्हो नहुँदा अर्कै राहत महसूस भएको थियो।

पछि पछि पनि धुलिखेल जाने केही अवसर मिलेका थिए। हरेक पटक त्यहाँ जाँदा टुँडिखेलको एक फ्न्को लगाइन्थ्यो। २००७ म नेपाल जाँदा १२ बर्ष पछि फेरि त्यहाँ जाने अवसर मिल्यो। कुरुप भएको रहेछ त्यो ठाउँ त। आधा भाग सैनिकले ओगटेको अर्को आधा चाँही अब्यवस्थित पिकनिक स्पट बनेको।

चेलीलाई धेरै धेरै बधाई जितेकोमा अनि भोजको लागि धन्यवाद पनि।

            
Read Full Discussion Thread for this article