Posted by: dipika02 March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

नमस्कार गरेँ है सबैलाई। मामा लाई दर्शन! खुशीलाई स्वागतम!


ए रिट्ठे लौ कस्तो फुटो खिचेर राख्या नि त्यो। म कती नक्कली होला त लोला हन्दा नि कम्मर मा हात राखी राखी


चिप्लु हजुर चै के हो त्यस्तो? लोला नभए यो दिपुलाई हातैले बजाइदिन्छु भनेर तम्सेको पो जस्तो छ? हो?


हर्क दाई अहिले त्यो फोटो टाँसिदिए भने मार्ने होला सबैले। रिट्ठे को पो फन्नी थ्यो त। मादल लिएर बल्ले बल्ले रे


अनी केली चै मलाई धकालेको छ खाली। कालोपुल मुनी बसेको मान्छेलाई धकालेर पुल पारी नै पुराइदीई। चेली चै खोइ उस्को घर नै पाइन भन्दै उफ्री राथी। चबाल को घर चाबेल मा खोजिराथी। ठुलि चै मेरो त जन्मदिन नै हो आज जती खाए नि हुन्छ भन्दै थीइ खादाँ खादाँ त नच्नै पो थाली। त्यती खाको देखिराछु तै पनि भोक लाग्यो भनेर हैरान। "Happy b'day to u thuli"


 बौचा को त के कुरा गर्नु, चउरको घाँस मरी मिटर च्यपिराथ्यो। "ए बौचा के भयो? किन त्यसरी घाँस च्यापेको?" भन्या "मलाई उडाएर कता पुराइसक्यो, ल्यन्ड नै नहुने कस्तो प्लेन हो?" भन्दै थ्यो।


मामा त पुरा बुढानिलकण्ठ पोज मा हुनुहुन्थ्यो। "मामा के हेरिरहनु भएको आकाश मा?"  भनेको तारा गन्या भान्जी रे। "दिउँसै ? " भनेको त "यो भान्जी लाई कस्ले ख्वायो हँ लड्डु अब त राती र दिन पनि छुट्ट्यौन नसक्ने भईछ रे उल्टो मलाई पो  


ठुल्दाइ चै "भस्म दलेर शम्भो तिमीले" भन्दै हुनुहुन्थ्यो। मैले धन्न हजुरलाई चै लागेन छ ठुल्दाइ आज। छोएन भाङ ले भनेको। "तिम्रो ठुल्दाइ लाई त्यस्ता भाङ ले छुन्छ?" भन्नु भयो। अनी यो गीत चै कसरी आयो अहिले मुखमा भनेको "अघी भर्खर शम्भो आउनु भाथ्यो धर्ती लोकमा हामीलाई भेट्न अनी मलाई सिकाएर जानु भो" रे। अनी "ए ठुल्दाइ पनि......." भनेर हिंडे म। 


अरु चै पछी है, के गर्नु काम गर्या जस्तो पनि गर्नै पर्‍यो। 

Read Full Discussion Thread for this article