Posted by: chipledhunga March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सबैलाई फागुको हयाङओभर भएको होला के सुन्लान् र भनेर गीत नगाएको बिष्टे। ल एउटा गाइदिन्छु त्यतिन्जेल चिया पनि आउला कि।

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

भीड छ म भीडमा आफूलाई बिलाइदिन्छु
बिर्सिदिन्छु आफूलाई होश म हराइदिन्छु
कि त लुकी यतै कतै रोइदिन्छु सुस्तरी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

च्यातिदिन्छु आफूलाई फालिदिन्छु साँझमा
बिर्सिदिन्छु आफूलाई दिनहरुको माझमा
गाइदिन्छु गीत आफ्नो आफ्नै लै लै ???
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

खोइ आयो त चिया म पनि हेर्न आएँ। 

Read Full Discussion Thread for this article