त्यै त हो त नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो बाङ्गे अरु केही होईन"
पहिलो धाम आउँदै थ्यो। भगबतीबहालमा एउटी बिछट्ट राम्री तरुनी थिई, उस्कै घर बाटो थ्यो हाम्रो पहिलो धाम। दिन दिनै दर्शन नगरे नर्क परीएला जस्तो लाग्थ्यो ती दिनहरुमा।
त्यो ईलाकाको अर्को धाम, गैर्हीधारामा थ्यो। अर्यालहरुको घर भए तिर। दुईधाम भयो। तेस्रो धाम थ्यो महाराजगन्जमा, शिबपुरी उत्तर प्यारा दखिन। अनि चौथो थ्यो, धुम्बाराहीमा। चारै दिशा कभर गरेर धाम बनाईएको थ्यो। हाम्रा धामहरु तर चलायमान हुन्थे। परीस्थीती अनुसार बदलीरहन्थे। हामी उदारबादी भक्त थिएम, संकुचित होईन। त्यै अनुसार धाम ब्यबस्था गरीन्थ्यो।
"यो अब पाँचौ धाम हुने भो त?" बाङ्गेले सोध्यो।
"कुन चै?" मैले सोधें।
"ज्ञानेश्वर धाम चैं।" उस्ले भन्यो।
"ज्ञानेश्वर धाम चै हाम्रो निजी हो। सुरेश अंकल कहाँ दुईटी तरुनी छन भन्या हैन?" मैले बाङ्गेलाई सोधें।
"हो" उस्ले भन्यो।
"एउटी तेरी अर्की मेरी, अब यो धाममा अरुको के गुन्जाईस छ?"
"छैन" उस्ले समर्थन जनायो।
हामी पहिलो धाम पुग्नै लागीसक्या थिएम। बाङ्गेले भन्यो, "यार त्यो धुम्बाराहीको धाम खारेज गरेर चाबेल सार्नु पर्यो।"
"किन?" मैले सोधें।
"त्यो धामकी मुख्य पात्र भागी भन्ने खबर आको छ" बाङ्गेले पिच्च थुकेर भन्यो।
"तँ यहीँ छस म यहीँ छु, को सँग भागी त?" मैले गम्भीर भएर सोधें। उ जोडले हाँस्यो। म पनि हाँसे।
पहिलो धाम अगाडी पुगे पछी, बाङ्गे र म दर्शनाभिलाषी स्वरुपमा आएर धामेस्वरीको आराधना गर्दा भएम मनमनै। .........