Posted by: deshbhaktanepali March 10, 2009
Breaking News: Maoists remain alert as leaders rush to Delhi
Login in to Rate this Post:     0       ?        






नेताहरुको दिल्ली भ्रमणप्रति माओवादीहरू सशंकित

 








 

एकिकृत नेकपा माओवादीले नेपालका वरिष्ठ नेताहरुको हाल जारी भारत भ्रमणको सिलसिलालाई गम्भीर रुपमा लिएको उक्त दलका नेताहरुले बताएका छन्।

केहिदिन अघि पारिवारिक भ्रमणमा भारत गएका पूर्वराजा ज्ञानेन्द्र अहिले त्यहीं रहेका बेला स्वास्थ्यको कारण देखाउँदै एकपछि अर्को गर्दै नेपाली नेताहरुको दिल्ली जाने क्रम चलिरहेको छ।


त्यसलाई माओवादीले गणतन्त्र विरोधी मोर्चावन्दी वा आफ्नो नेतृत्वको सरकारलाई विफल बनाउने कसरत हुनसक्ने ठानेको छ।


दिल्ली दौडाहा


पारिवारिक सुत्रहरुका अनुसार अचानक दिल्ली गएका नेकपा एमालेका वरिष्ठ नेता केपी ओली सोमबार नियमित स्वास्थ्य परिक्षण गराई काठमाण्डू फर्किएका छन्।


सोमबार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता बामदेब गौतम स्वास्थ उपचारका लागि दिल्ली गएका थिए।


नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पनि बुधबार स्वास्थ्य परिक्षणका लागि दिल्ली जाने कार्यक्रम छ।


वरिष्ठ नेताहरुको दिल्ली भ्रमणको ‍श्रृङ्खलालाई सरकारको नेतृत्व गरिरहेको माओवादीले अर्थपूर्ण रुपमा लिएको छ।


माओवादीका केन्द्रिय सचिवालय सदस्य वर्षमान पुन, अनन्तका अनुसार मंगलबार बसेको सचिवालय बैठकमा उक्त कुराले प्राथमिकता पाएको थियो।


नेताहरूको भारत भ्रमणबारे टिप्पणी गर्दै उनले भने, “यसले राम्रो संकेत गर्दैन, कुनै चलखेल हुनसक्छ।”


राष्ट्रिय जनशक्ती पार्टीका अध्यक्ष सुर्यबहादुर थापा पनि यहि बेला दिल्ली जाने चर्चा चलेको थियो, तर बीबीसीसँग कुरा गर्दै थापाले आफू दिल्ली जाने कुरा साँचो नभएको बताएका छन्।


१२ बुँदे


विगतका वर्षहरुमा जस्तै यसपाली पनि दिल्ली स्थित एपोलो अस्पताल अधिकांश नेताहरुको गन्तब्य बन्दैछ।


तीन वर्षअघि माओवादी नेताहरु दिल्ली वरपर रहेकै वेला एकपछि अर्को गर्दै नेपाली नेताहरू स्वास्थ्य परिक्षण वा उपचारका लागि भन्दै दिल्ली पुगेका थिए।


त्यसपछि नेकपा माओवादी र सात दलबीच नेपालको शान्ति प्रक्रियाको मार्ग चित्र कोर्ने १२ बुँदे सहमति भएको थियो र तत्पश्चात भएको आन्दोलनबाट तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको सरकार हट्न वाध्य भएको थियो।


courtesy: bbc.co.uk/nepali

Read Full Discussion Thread for this article