Posted by: fucheketo March 10, 2009
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        
WISHING ALL SAJHAINS HAPPPPPPPPY HOLI

बाहिर बलौटे हावा बग्यो ।  उसले माइक्रो को आधा खुल्ला भएको झ्याल तानी दश
रुपैयाँ को नोट तह लगाइसकेपछि !!!!!! हुन त मुलघाट को खोलाले हिमालको उग्रता बोकेर
होला बालुवा किनारमा विसाउन पाउन्न ,किनारा साना र पथ्थरिला छन् तर तै पनि त्यो
दिनको हावा बलौटे थियो । माइक्रो को झ्यालको बाहिर पट्टिको फोहोर ले भित्र उसको
अनुहार थोरै धमिलो मा देखियो । मैले देखे उसको चुच्चो नाक , पछाडिबाट उसको सलक्क
परेको कपाल र उसका उट्पट्यांग गफ त म नोटिस गरिनै रहेको थिएँ ।

      किन म स्त्रि पात्र मात्र खोज्छु लेख्नलाई ? त्यो त शायद साझाको पनि दोष होला मैले लेखेको स्त्रि पात्र बिनाका कथाहरुका हविगत मैले देखेको छु । वा भनौँ त्यो पढ्ने लेख्ने दुवैको पुरुषत्व होला ।

त्यतिमात्र होइन किन उसको बारेमा ब्यक्त गर्दा उसको कपाल र उसको नाकमा पहिला फोकस गर्छु । उसका ओठहरुको बर्णन गर्छु । थाहा छैन मलाइ आ!!!!!!!!!!!!!!!!!!!! जे लेख्न मन लाग्छ त्यहि नै त हो लेख्ने ,मैले स्त्रि पात्रको बर्णन गर्नु मेरो स्वभाव नै हो मैले सारांश निकालेँ !!!!!

     बुझिस तँ स्वतन्त्र हुन सिक ?
उसले उखु चबाउँदै आफ्नो साथी लाई केहि बुझाउन खोजी । आवाज उखुको रस मिसिएर गुलियो भएको थियो ।शायद उसको ओठपनि !!!! वा गुलियो उखुतिर पो सर्दै थियो कि !!!जे होस् अघिल्लो सिट रसिलो भएको थियो ।
अब के स्वतन्त्रता खोज्नु नि?
यति जाबो ईँटहरि झर्दा डराउँछेस् , के हाम्रो जीवन सँधै जकडिएकै हुनुपर्छ भन त !!! उसले उल्टा प्रश्न राखी ।
आजकल समय फेरिसकेको छ परिपेक्ष फेरिइसकेको छ । हामी घर बाट नजिकैको चौर मा खेल्न जान डराउँथ्यौ । अहिले यिनीहरु बाउन्न किलोमिटर घरमा नभनी हिँडिरहेका छन् । तै पनि केटीमान्छे !!!!!
हैन केटी मान्छे डराउनु त पर्यो नै ! सुधा की साथिले मैले बोल्न खोजेको वाक्य बोली ।
कीन के फरक हुन्छ र केटा र केटीमा ? उसले प्रतिकार गरी !!!!
किन हुन्न मैले मनमनैँ सोचेँ । म उसलाई जसरी नियालीरहेको छु उ पक्कै पनि मलाइ नियालीरहेकि छैन होला । यसको मतलव उ मेरो लागि विशेष छे र म उसको लागि साधारण छु । किन हरेक केटा मान्छे साधारण र हरेक केटी मान्छे विशेष हुन्छन् । मेरो मनमाँ खेलीरहने प्रश्न हरु मध्ये को एक । जसरी हामी भेटीएका प्रत्येक राम्रा अनुहार हरुलाइ सम्झिन प्रयत्न गर्छौ त्यसरि नै

केटीमान्छेमा पनि त्यो सोच आउँछ कि आउँदैन ? मलाई मेरो आइएससि पढ्दाका सबै केटी
क्लासमेटका नाम अझै पनि याद छ । के ति सब केटीलाई मेरो नाम याद छ त ?शायद छैन
!!!!!

    अनि अनिष सँग के भइराखेको छ सुना न त ?
     “
सुन न अस्तिको कुरा सुनेकी छैनस् होला ,अस्ति खाजा खान जौँ भन्यो मैले हुन्छ भनेँ ।
      मेरा कान फेरि ठाडा भए । उसले मन पराउने केटाको नाम अनिष रैछ ।त्यति पत्ता लाग्यो ।
     “अनी ? उसकि साथि पनि उत्सुक भइ ।
     "प्रकाश होटलमा लाग्यो !!!!
मेरो मन ढुक ढुक भयो , के भयो त प्रकाश होटलमा आखिर । मलाई त्यहाँ भन्दा ज्यादा सुन्न मन लागेको छैन तर मैले सुन्नु पनि पर्नेछ । केटाले पर्पोज गरेको छैन भनेर त सुधा नै भन्दै छे म किन डराउँदै छु त त्यसो भए । मैले आफ्नो मुटु दरो बनाएँ ।
एक प्लेट मम मगायो , म त एक्कै प्लेटमा दुवै मिलेर खाउँ भन्छ भनेर मख्ख परेको त , उ त म चाहिँ खान्न तिमीलाई मात्र खुवाउन ल्याएको  पो भन्छ ,त्यहि मम का डल्ला ले हिर्काईदिउँ जस्तै लाग्यो !!!!!!!!!!!!!!!!!
अनी खाइस त ? उसकी साथिले हाँस्दै सोधि !!!
खाएँ नी के गर्नु त !!!!! उसको बोलिमा थोरै लाडेपन आयो ।
      मलाई पनि हाँस उठेर आयो । उ चाहन्छे त्यो केटो (अनिष)ले उसलाई प्रेम प्रस्ताव राखोस् जे जे उसलाई माया जस्तो लाग्छ त्यो सबै गरोस् । उ फेरि भन्छे केटा र केटीमा केहि फरक हुन्न त्यसो भए उ प्रस्ताव केटा ले नै राखोस् भन्ने किन चाहन्छे त । सिधै उसले मलाई तिमी मन पर्छ भनिदिए भइहाल्यो नि ????
शायद यो उसको गहिराहि हो उसका सतहि कुराहरुले म उसको गहिराई हुन त म पत्ता लगाउन सक्दिन तर हरेक फरक केटी मान्छे एउटा जीवन्त उपन्यास हुन ,गहिराई नापीरहनु पर्ने उनीहरुका भावना हरु हुन्छन् , उचाइ नापिरहनु पर्ने उनीहरुका आकांक्षा हुन्छन् ।
तेरो अनिष साह्रै सोझो छ ।
सोझो भनौँ कि के भनौँ ,गोजेंग्रोलाई !!!!!
गोजेंग्रै त होइन तर सोझो हो , पछि सम्म छोड्दैन तँलाइ !!!!
के भर केटा मान्छेको !
      उसले फेरि अनिष माथि दोष देखाइ घरि उ उसलाई सोझो भन्छे घरि उसमाथि अविश्वास गर्छे ।
तँ जे सुकै भन् उ सोझो नै हो !!! उसकी साथिले फैसला सुनाई ।
यति सोझो मान्छे पनि काम लाग्दैन होला है ?  उसको फैसला माथि सुधाले फेरि सन्तुष्टि जनाईन
मलाई थोरै उसका कुराले रिस पनि उठ्यो । यदि त्यो केटो (अनिष) ले उसलाई दोस्रो भेटमैँ म तिमीलाई माया गर्छु , मन पराउँछु भनेको भए त्यो उसको लागि नकच्चरो , लाज पचेको हुन्थ्यो । आखिर के चाहन्छे त उ अनिष मा !!!!

भेँडेटार टाढा बाट देखियो ,थोरै सिरेटो कानमा मुन्द्रा लगाएको खलासी ले छेकिराखेको ढोका बाट छिर्यो । मुलघाट को ताप थोरै यात्रामा नै भेँडेटार छेउछाउमा आएर शितल भइसकेको थियो । सुधाको अनिष पनि सुधाको भावना बुझ्न नसकेर हैरान भइसकेको होला । अनिष कस्तो होला त ? उनीहरुको
विचारमा सोझो , शायद सँधै कटन पेन्टमा कलेज आउने ,चिल्लो तेल कपालमा लगाएर हिँड्ने ????मैले आफ्नो जिन्स हेरेँ खुट्टाको कन्भर्स हेरेँ अनी थोरै उठेका कपाललाई मिलाएँ । म कुनै कोणमा पनि सरकारी अधिकृत जस्तो थिइन । सुधाले अनिषमा खोजेको पनि यस्तै होला , उसको अनिष को कमाई होस् तर उसलाई माया गर्ने हुनर पनि आओस् , उसले सुधा लाइ समय यत्ति देओस् कि उसका कामहरुको बारेमा उ भन्दा धेर ध्यान सुधाले दिनु परोस्  । उ सुधाकै बारेमा सोचिरहोस् र त्यो सोचिरहेको छु भनेर जनाउने कला पनि आओस् । सक्षेपमा उ जे अनिषमा खोजिरहेकी थिई त्यो उसैको पछि बसेको अर्को केटोमा थियो । उ किन मलाई नोटिस् गरिरहेकी छैन आखिर !!!!! हे के
सोचिरहेको छु म पनि काहिँ पहिलो भेटमा पनि उसले मलाई नोटिस गरेर प्रेम प्रस्ताव राख्छे त ????यति गुणि त म पक्कै पनि छैन । मैले बोलेको पनि त छैन । तर म बोले भनेँ त उसको स्वच्छन्दता कसरि चिन्छु त ? मैले फेरि अघि बढिसकेका पाइला पछि सारेँ ।

    भेँडेटारको चाल्स पोइन्ट मा आज पनि भिँड नै थियो । माइक्रो रोकिएको बाहिर सागका डुकु बिक्रि भइराखेका थिए । बुवा लाई डुकु मन पर्छ मैले पहिलो चोटी सुधा बाट ध्यान हटाएँ ।
      “दाई डुकु एक मुठाको कति ? मैले माइक्रो भित्रै बाट सोधेँ
      “बिस रुपैयाँ । उसले निरस स्वरमा जवाफ फर्कायो
      “एक मुठा दिनु न त !!!!
     मैले डुकु लिनलाइ हात बाहिर निकाले पछि मात्र बल्ल भेँडेटारले स्पर्श गरेको भान भयो । बाहिर साँच्चै नै चिसो थियो । शायद भित्र सुधाको न्यानोपन थियो जसले मलाइ भेँडेटार को ईर्ष्यालु स्पर्श बाट बचाइराखेको थियो । मैले हत्तपत्त डुकु सहित हात भित्र तानेँ । माइक्रो फेरि गुडानमा ब्यस्त भयो ।

                                                            क्रमश:

Last edited: 10-Mar-09 10:48 AM
Read Full Discussion Thread for this article