Posted by: hos_prasad March 10, 2009
नेपाल अब मेरो देश रहेन।
Login in to Rate this Post:     0       ?        
दुई बर्श अगाडि नेपाल छोड्दा आँखामा आशु लिएर बिदेश गाको थिए। र फेरी दुई बर्श पछी नेपाल फर्किदा त्यो आशु को मुल्य नै रहेन। पहिला को नेपाल र अहिले को नेपालमा आकाश जमिन को फरक। पहिला को नेपाली र अहिले को नेपालीमा धेरै फरक। अहिलेका नेपाली हिन्स्रक,गफादी, आदी। मैले नेपाल छोड्दा यस्तो दामादोल स्तिथी थिएन नेपालको। अहिले त जता त्यतै बब्बल नै बब्बाल। बन्द गर्न रमाइलो हुदो रहेछ नेपाली हरु लाई। मज्जा आउदो रहेछ रे। यो देश यहाँ सम्म कस्ले ल्याइ पुर्यायो? नेपाली जनता ले नै त हो नि हैन। अनी फेरी किन हामीले गर्दा नै देश को यो दुर्गाती। किन हामी नेपाल जाने हैन भन्दा खेरी झस्किन्छौ अनी खै के जानु नेपाल भनेर कुरा तार्छौ ? किन आफु जन्मेको देश जान दराउछौ हामी? किन?
Read Full Discussion Thread for this article