Posted by: shirish March 9, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

धन्यबाद नेपे -


एउटा अर्को टक्राउं है त गुरु - यो भर्सन अन्तिम नहुन पनि सक्छ !


‌+


+


+


 


नंया अपराध, सनाखत पूरानै !


नंया रिहाईको, जमानत पूरानै !


 


छिड्की हानिएको तरीका त उस्तै नै


नंया खेलाडीको, कसरत पूरानै !


 


चोरी गर्न छाडी लागें डाँका दफ्फामा


नंया साथी सङ्गी, कुसंगत पूरानै !


 


मुद्दा छिन्न मोल मोलाईजा बढेछ


नंया संहितामा, अदालत पूरानै !


 


ब्यर्थै देखिएछ रङ्गी चङ्गी सपना


नंया धरातल, हैसियत पूरानै !


 

Read Full Discussion Thread for this article