Posted by: Stat March 9, 2009
नेपाल फर्किने बेलामा - रवीन्द्र मिश्र
Login in to Rate this Post:     0       ?        
रबिन्द्र मिश्र थोरै प्रतिभाशाली ब्याक्ती मध्ये एक हुन । बिबिसी मा प्रस्तुत गर्ने कार्यक्रम हरु मा मात्र हैन अरु लेख हरु मा पनि स्पस्ट सरल अनी निस्पक्ष समाचार सम्प्रेशण गर्ने कुशलता प्रती हामी सबैले आभार प्रकट गर्नै पर्छ। उनी जुनसुकै कारण बाट नेपाल जान लागेको भए पनि प्रतिभाको कदर त जहाँ पनि हुन्छ र नेपालमा पनि उन्नती गर्न सक्छन भलै केही समय एड्जस्ट् गर्न गर्हो होला ।
माथिको लेख ले अधिकान्श नेपाल प्रेमी नेपाली हरुको भावना बोलेको छ । " नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा बाउको अनुहार" भएको बिदेश बसाइ उनै ले भने जस्तै "कुकुरलाई घिउ नपचेको, बोकाको मुखमा कुभिन्डो नअटेको", "'हामीलाई लन्डनको स्वर्गबाट काठमाडौंको नर्क लेराएर जाकेको'"मा नटुङिने हो भने पनि धेरै नेपाली हरु ले आफ्नै जन्मभुमी मा सुख को सास फेर्ने थिए होलान
उनको आकान्छा पुरा होस् भन्ने कामना !!
Read Full Discussion Thread for this article