Posted by: CHYAME KANCHA March 8, 2009
प्रचण्डका भतिजा समीर दाहाल र छोरा प्रकाश दाहाल......
Login in to Rate this Post:     0       ?        



रोल्पाका माओवादी
कार्यकर्ताद्वारा विद्रोह गर्ने चेतावनी





 
प्रधानमन्त्रीले छोडेको
रोल्पामा कुलमानद्वारा उम्मेदवारी दिने घोषणा 

लेखनाथ पाण्डे, काठमाडौं,
फागुन २५ 

सत्तामा पुगेपछि माओवादीले गाउँ र
गरिब जनता बिर्सिएको भन्दै रोल्पाका माओवादी कार्यकर्ता तथा जनताले विद्रोह गर्ने
चेतावनी दिएका छन्।

माओवादी गाउँका सहिद र पुराना बाचा बिर्सिएर कुर्सीको लुछाचुँडीमा
अल्झिएको
आरोप लगाउँदै बुढालगायत माओवादीका जिल्लास्तरीय नेता कार्यकर्ताले आइतबार
राजधानीमा पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ प्रधानमन्त्री दाहाल निर्वाचित भएको
रोल्पा क्षेत्र २ का करिब ६० जना सहभागी थिए।


प्रधानमन्त्री दाहालले रोल्पा २ लाई छोडेर काठमाडौं १० निर्वाचन क्षेत्रलाई
रोज्नुलाई उनीहरुले ´त्यहाँका सहिद परिवार, अपाङ्ग, महिला दलितको अपमान´ को संज्ञा
दिएका छन्।

´हिजो जनताको बलिदान गरेर नथाक्ने प्रचण्डले प्रधानमन्त्री
भएपछि रातारात हामीलाई बिर्सिएका छन्´
बुढामगरले भने ´यस्तो दुःखद घडीमा रोल्पाली
जनताको भावनाको कदर र बलिदानको सम्मान र वीरताको प्रतिनिधित्व अब एकीकृत माओवादीले
गर्दैन कि


सशस्त्र विद्रोह र निर्वाचनका बेला
माओवादीले ´पढ्नै पर्दैन, जनवादी शिक्षा पढे पुग्छ हामीले जितेपछि सहरका ठूलाठूला
घर र जमिन तपाईंहरुकै हुनेछ´ भनेर फोस्रो आश्वासन दिएको कुलमानले
बताए।


´अहिले सहिद परिवार भोकै छन् तिनका छोराछोरीको
उपचार हुन सकेको छैन, न उनीहरुले पढन् पाएका छन्,´ उनले प्रश्न गरे ´कहाँ गए विगतका
सपना र आश्वासन?


प्रचारप्रसार समितिका संयोजक बुढामगरले कुर्सीको हानथापले माओवादीमा
स्पष्ट दुई खेमा देखिएको भन्दै त्यसले ग्रामिण जनता र आफूहरुको भावनामा चोट
पुर्‍याएको बताए।


´सत्तामा आफ्ना नातागोता र
इष्टमित्रलाई तान्ने काममात्र भइरहेको छ
´ - पत्रकार सम्मेलनमा वितरित प्रेस
वक्तव्यमा उनले उल्लेख गरेका छन्।

Read Full Discussion Thread for this article