Posted by: Amazing March 8, 2009
Girija, Gyanendra, KP Oli, Army chief Surya Bdr in DELHI
Login in to Rate this Post:     0       ?        
कभरस्टोरी





के पाक्दै छ दिल्लीमा ?





























अन्य समाचार

























पुरानो अंक






2009-03-08,Sunday




पर्शुराम काफ्ले/नयाँ पत्रिका

काठमाडौं, २४ फागुन







ज्ञानेन्द्र र केपी ओलीपछि
गिरिजाप्रसाद पनि बुधबार दिल्ली जाँदै

पूर्वराजा ज्ञानेन्द्र र एमाले वरिष्ठ नेता केपी ओली भारतमै रहेका
वेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको दिल्ली भ्रमण तय भएको छ ।

कोइराला २८ फागुन, बुधबार दिल्ली जाँदै छन् भने जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर
थापा पनि दिल्ली जाने तयारीमा छन् । नेता थापाको दिल्ली भ्रमण मिति तय भने भइसकेको
छैन । दिल्ली जानेहरूको लाइनमा प्रधानसेनापति रुक्मांगद कटुवालको पनि चर्चा चलेको
छ, यद्यपि उनको भ्रमण मिति निश्चित भइनसकेको सैनिक स्रोतले जनाएको छ ।



एमालेका वरिष्ठ नेता केपी ओली २१ फागुनमै नयाँदिल्ली पुगिसकेका छन् । स्वास्थ्य परीक्षणका
लागि भनेर दिल्ली पुगेका ओलीले एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि
शपथसमेत लिएका छैनन् । ओली अध्यक्ष पदका लागि नेता झलनाथ खनालसँग पराजित भएका थिए
। 'ओली स्वास्थ्य उपचारका लागि दिल्ली जानुभएको हो,’ ओली निकट मानिने एमाले सचिव
शंकर पोखरेलले भने ।



कांग्रेस सभापति कोइराला २८ फागुनमा नयाँदिल्ली जाने उनी निकटस्थ स्रोतले जनाएको
छ । स्रोतका अनुसार २९ र ३० गते कोइरालाले भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने
कार्यक्रम तय भएको छ । चैत्र १ मा कोइरालाले एपोलो अस्पतालमा ब्रोङकाइटिसको परीक्षण
गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ । कोइरालाका साथमा उनका निजी डाक्टर जगदीश
अग्रवाल पनि भारत जाने कार्यक्रम तय भएको छ ।



नयाँदिल्ली जानुअघि कोइरालाले आफ्नै निवासमा बोलाएर जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर
थापासँग २३ फागुनमा समसामयिक राजनीतिबारे छलफल गरेका थिए । उनीहरूबीच नयाँदिल्लीमा
हुने राजनीतिक जमघटका विषयमा पनि चर्चा भएको बताइएको छ ।

दिल्ली जाने तयारीमा रहेका कोइरालाले राजनीतिक भेट तीव्र पारेका छन् । कोइरालाले
आइतबार (आज) बिहान ९ बजे एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीलाई भेट्दै
छन् । भेटवार्ता कोइरालानिवास महाराजगञ्जमा हुनेछ ।



कोइरालाले शनिबार मात्रै एमाले उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेललाई बोलाएर
राजनीतिक छलफल गरे । भण्डारी र पोखरेल दुवै वर्तमान सत्तासमीकरणका विरोधी एमाले नेता
ओली निकट मानिन्छन् । पोखरेलले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउने विषयमा कोइरालासँग
छलफल भएको मात्रै बताए । 'उहाँ (कोइराला) सँग स्ववियु इलेक्सन कसरी शान्तिपूर्ण बनाउने
भन्ने विषयमा कुरा भयो,' उनले नयाँ पत्रिकासँग भने ।



नेता कोइरालाले डडेल्धुरा भ्रमणमा रहेका एमाले नेता माधव नेपाललाई शनिबार नै टेलिफोन
गरेका थिए । स्रोतका अनुसार नेपाललाई कोइरालाले राजधानी आएलगत्तै आफूलाई भेट्न आग्रह
गरेका थिए । नेता नेपाल शनिबार अबेरसम्म पनि काठमाडौं फर्किसकेका छैनन् । कोइरालासँग
भेट्नका लागि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पनि समय मागेका छन् । 'सम्भव भए
राप्रपा अध्यक्षलाई आइतबारै बोलाइनेछ, नभए सोमबार बोलाइनेछ,' कोइराला निकट स्रोतले
भन्यो ।



एमालेका वरिष्ठ नेता माधव यतिवेला पश्चिम नेपालमा छन् । नेपालमा वर्तमान सरकारका
कारण चिनियाँ चासो बढ्दै गएकोमा भारतीय संस्थापन पक्ष असन्तुष्ट रहेको चर्चा चलिरहेका
वेला पूर्वराजा ज्ञानेन्द्र तथा वर्तमान सत्तासमीकरण बदल्न प्रयासरत कांग्रेस सभापति
कोइराला, एमाले नेता केपी ओली र जनशक्ति पार्टी अध्यक्ष थापाको दिल्ली भ्रमणलाई सत्ता
परिवर्तनका लागि भारतीय समर्थन जुटाउने प्रयासका रूपमा हेरिएको छ । कांग्रेस सभापति
कोइराला दिल्ली जानु दुई दिनअघि कांग्रेस नेत्री सुजाता कोइराला पनि नयाँदिल्ली जानेछिन्
। कोइराला निकट एक नेताले दिएको जानकारीअनुसार सुजाताले भारतीय नेताहरूसँग हुने भेटवार्ताको
कार्यक्रम मिलाउने छिन् । सभापति कोइरालाले गत बुधबार भारत भ्रमणका विषयमा भारतीय
राजदूत राकेश सुदलाई बोलाएर छलफल गरेका थिए ।



पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि १४ फागुनमा नयाँदिल्ली गएका थिए । आफन्तको
विवाहका लागि भनेर दिल्ली पुगेका ज्ञानेन्द्रले राजनीतिक भेटघाटमा तीन साता बिताउनेछन्
। भारतका सत्तारुढ एवं प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग उनको भेटवार्ता हुने कार्यक्रम
छ । यद्यपि, शनिबारसम्म ज्ञानेन्द्रले भारतीय राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट
गरिसकेका छैनन् । स्रोतका अनुसार ज्ञानेन्द्रले मध्यप्रदेशको भोपालमा गुजरातका मुख्यमन्त्री
नरेन्द्र मोदीलाई भने भेटिसकेका छन् । मोदी भारतीय जनता पार्टीभित्र पनि अतिवादी
हिन्दुवादी नेता मानिन्छन् ।



ज्ञानेन्द्रले विवाहको कार्यक्रम सकेर तीन दिन जंगली जनावर हेर्ने र सोमनाथ गएर धार्मिक
पूजापाठ गर्ने कार्यक्रम छ । त्यसपछि दिल्ली आएर उनले भारतीय जनता पार्टीका शीर्ष
नेताहरूसँग छलफल गर्नेछन् ।



स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई भारत सरकार र त्यहाँका पार्टीहरूले महत्त्व
दिएका छन् । उनलाई भारतको केन्द्र र राज्य सरकारले सुरक्षा-प्रबन्ध मिलाएका छन् भने
दिल्लीबाट मध्यप्रदेशको ग्वालियरसम्म हेलिकोप्टरमा जाने बन्दोबस्त मिलाइएको छ ।

http://nayapatrika.com/newsdetail.php?id=903070956029518&n_id=23
Read Full Discussion Thread for this article