Posted by: CT. March 6, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        
ओ हो!!!! ल!!! राम्रो विषयबस्तु, लेखाइको तारीफ के गराइ भो र ?

जनआन्दोलन - १ को कुरा सम्झिनेबित्तिकै रमाइलो लाग्छ हौ अचेल - त्यो बेला खाकि बर्दी लाउने पुलिसको गिरफ्तारीमा परीयाथियो आफू त । पछि निलो बर्दी लाउनी पुलिस त खाकि बर्दी लाउनी पुलिसको अगाडि अनाडी नै हो जस्तो लाउनी क्या । जनआन्दोलनको दोश्रो चरण चलिरा' बेलाँ चैत ९ गते हो क्या र यस्सो बन्द सफल पार्न आलुमा किला गाडेर बाटोमा रोपाइ गर्न गएका हामी, ढुँगामुढा तोडफोड र सडकमा कब्जा जमाउने कुरा त्यो बेला ठुले क्रान्ती थियो, त्यसो गर्नुभन्दा बरु आलुखेति गर्नु अलि सजिलो काम थियो, तर कुन चै सिआइडी झाडीयाँ लुकि रा'रैछ, देखेछ, त्यसपछि त तू एउटा पिकअप आइहाल्यो । गरे डाँकाहरुले गिरफ्तार । लेर गए गाडीमा चढाएर,  साह्रै तर्साए, कुट्ने पिट्ने उस्तै परे मारेर फाल्नेसम्मका कुरा गरे, हामी २ जना ठिटाहरु थिएम, ठट्टा गर्या होला जस्तो लाग्यो तैपनि क्रान्तिकारी पल्टिने कुरा थिएन चुपचाप सुनेर बसेम, हामीलाइ थाहा छैन, हामी होइन भन्या भनेइ गरेम ।३ किमी जति पर पुगेपछि गाडीबाट ओराले, ल भन तेरो काँग्रेस कम्निष्ट नेताको नाउँ ठेगाना भन्ने भए भन, नभन्ने भए ज्यानको खैरियत छैन, यहीबाट भगाउने हो तिमेरुलाइ अनि पछाडिबाट गोली ठोक्ने हो भन्छ बा!! अब चै मरिने भयो जस्तो लाग्यो, साथीले एक लौरो पनि खायो - दुखेर होला आँखाबाट आँशु पिलपिल निकाल्यो । त्यस्तै १० मिनेट जति पछि एउटा अलि ठुलै पोस्टको जस्तो देखिने पुलिस मोटरसाइकलमा बसेर आयो, अनि शुरुमा गिरफ्तार गर्ने टीम र पिकअपलाइ अन्त पठायो, त्यहाँ एउटा जवान र त्यो मोटरसाइकलमा आउने दुइजनाले हामीसित खूब राम्रो कुरा गर्न थाल्यो - नेताहरुको खबर देउ गोदवा पुरस्कार दिलाइदिउँला, बिश्वास नलागे ल हिड दरवारमा ठुला मान्छे भेटाइदिउँला रे, फकाउनु फकायो । पछि केहि नलागेपछि दिन दिनै चौकिमा हाजिर गर्न आउनु भनेर छोडे ।

त्यो घटना अगाडि ट्रान्सफरमर चढेर ब्ल्याक आउट गर्ने, जुलुस सुलुसमा हिड्ने आदि अन्य रमाइलो सम्झनामा पर्छ । त्यो घटना पछि, चैत २० गतेतिर हो क्यार चौकि घेर्न जाँदा गोली चलेको र त्यो गोली आफ्नो पछाडी साइडको लठ्टामा ट्वाङ्ग लागेर उछिट्टिएर छिमेकको घरको भित्तामा गाडिएको थियो, शायद अहिले पनि छ कि त्यो गोली त्यहि भित्तामा ।

चैत २४ को दरवार घेर्ने जुलुसमा चाहि जाने योजना थिएन, तर पुगिएछ, महेन्द्रको सालिकमा चढेर झण्डा गाड्न खोज्नेलाइ ढुकुर झारे झै गोली हानेर झारेको प्रत्यक्ष देखियो । आन्दोलन सफल भएपछि लहैलहैमा मण्डले कुटियो । पाकेटमारलाइ सडकधुलाइ दिने बानी थियो त्यो बेला,  मण्डलेहरुले पनि भेटे। तर अचेल देशको हालत देख्ता ती मण्डलेहरुलाइ वित्थामा आट्याक् गरीएछ जस्तो लाग्छ । अहिलेका नेताहरुलाइ त्यस्तरी हिर्काउने चान्स पाए त, क्या दिन्थे होला जस्तो लाग्छ हौ । हा!!!!! आफ्नै गन्थन लामो गरेछु, माफ पाऊँ ल !!
Read Full Discussion Thread for this article