Posted by: Harka_Bahadur March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

सप्पै केट्केटी रैछन , स्कुलमा रैछन सप्पै ।


मलाई याद आउने एउटा कुरो तेती बेलाको , अलिकती पोलिटिकस झुकाब मेरो नेपाली काङ्रेस तिर छ है माइन्ड नगर्नु होला । तेती बेला के भाको थियो भने एउटा साथी थियो खुँखार नेपाली काङ्रेस्को कार्यकर्ता , त्यो बज्जेले गणेश मान सिंहको घरमा भको गोप्य सभाको भिडियो भेटेको रैछ अनी मलाई तेशको घरमा सुटुक्क हेर्न बोलाको थियो , गणेशमान सिंहको भाषान सुनेर खुब रगत तातेको थियो अहिले सम्झिदा रमाइलो लाग्छ ।


बेलुका भएसी टोलेहरुलाई टाएर सप्लाई गर्ने ठेक्कै जस्तो लागेको थियो मेरो चै , मेरो घर नेर एउटा साथीको घरमा ट्यक्सि चलाऊने एक जाना दाई बस्थे , तिन्ले टाएर लुकाउने ठाउँ मलाई थाहा थियो, अनी बेलुका भएकी गैन्थ्यो , पछी बुडाले थाहा पाए पछी बुडा आँफैले हर्के लु टाएर लि भनेर दिन्थे । सम्झिदा रमाइलो लाग्छ ।


अनी अर्को कुरा चै बहुदल घोषणा भको दिन चै, हाम्रो घर नेर एकजना खुन्कार पञ्चे बस्थे तेश्कोमा गोबर नै गोबरले हानेको अस्ती जस्तै लाग्छ ।


लु दाई थपौ है अरु भाग चाडै । 


 

Read Full Discussion Thread for this article