Posted by: cheli March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        
भाग १ पढेर कमेन्ट हान्न आँटेको दाइले भाग दुइ पनि को टाँसिसक्नुभएछ!!

"राजनीति संग  निरिपेक्ष छु भनी घोषणा गर्ने
भलादमिलाई पनि चासो हुंदो रहेछ।  मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी
ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ।
मेरो बुझाइ।"  यो कुरो एकदम ठिक लाग्यो मलाई पनि!!

दिपीकाको कुरो सुन्दा मैले नि एउटा कुरो सम्झिएँ !! हामी त केटाकेटी त्यस्तोमा बाहिर जानेकुरो भएन, तर बा यसो बाहिर जानुहुन्थ्यो जनआन्दोलनताका !! एकदिन बाले बाहिर गएर आएपछि भन्नु भो - " भर्खर यहीं प्रदर्शन भाको रछ जस्तो छ, बाटा भरि जुत्तै जुत्ता छन्, मान्छे भने एउटा कोही छैन" --
यो सुनेपछि मेरो बाल मष्तिस्कले पसलका रङ्गीचङ्गी जुत्ता बाटामा छरिएको कल्पना गरेकोथ्यो । अनि मैले बालाई भनेकीथें -" बा त्यहाँ मलाई ठीक हुने जुत्ता पनि छ ? जाउँ न लिन "
कस्तो हाँस् उठ्छ अहिले त्यो संझँदा, मेरा बा अहिले पनि बाटामा जा न जुत्ता टिप्न भनेर जिस्काउनु हुन्छ मलाई  !!
यो घटना बाहेक जनआन्दोलनको अरु केही कुरो मलाई याद थिएन !! ठूल्दाइको कथा पढेपछि, २०४६ सालको जन आन्दोलन आफैंले राम्रै सँग देखे जस्तै हुने भो!!!
Read Full Discussion Thread for this article