Posted by: dipika02 March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ पढ्दै छु है।


त्यो जन आन्दोलन हुँदा आफु त सानै थिएँ। एउटा नेपाली काङ्रेशका ठुलै नेता मेरो ठुलो बाबाको कलेज को साथी भएर लुक्नु भएको थ्यो ठुलो बाबाको घरमा। अनी अली अली हल्ला बाबाहरु कुरा गर्दा हामीले पनि सुन्यौ मान्छे लुकेको भनेर। अनी म चै बाबाको उमेर्को मान्छे पनि कसरी लुक्ने होला जस्तो लागेको थ्यो। आफुलाई त लुक्ने भनेपछी कि बाथरुम तिर छिर्ने कि नभए खाट्मुनी कि चै ढोका को कुना तिर लुक्ने थाहा थ्यो। अनी ठुलोबाबाको घरमा त्यती हेर्न लाई बाहाना निकालेर गएँ। उहा त मजाले मा बसेर फिल्म हेर्दै हुन्हुन्थ्यो अझ कुरा गर्दै। अनी म चै ठुलो बाबालाई यस्तो पनि लुकेको हुन्छ त। हामी जस्तो भुरा ले त देखिसक्यौँ , पुलिस ले किन नदेख्नु भन्दै हिंडेको थिएँ

Read Full Discussion Thread for this article