Posted by: Rahuldai March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे जी,
२०४६ सालको गौरबमय परिवर्तन नारायण जी ले भने जस्ताइ जनयुग्दको मा घुन सारी पेलिए। धेरै मित्रहरु त्यतिबेला सानै थिए होला। तर मेरो यो लेखाइ राजनईती र दर्शनको पोका खोल्नु पक्कै छैन। एकै बिषयमा ३ जना ब्यक्तिहरु को फरक सोच लाई समेत्ने प्रयास मात्र हुने छ। धन्यवाद हौसला को लागि।


perfectionist जी ,
आजै थप्ने छु। अर्को सप्ताह मा के थाहा? ब्यस्त भैइन्छ कि


सेरिअल जी,
न मज्जा भयो नि जन्म दिनमा कर्फ्यू लागेको त ।  जेहोस् सम्झनाको बहिखातामा त्यो दिन नमेटिने मसी ले लेखियो नै ।


चाकुभाइ जी,
त्यही त धेरैले बिर्सी सकेको कुरा लाई कोट्याउदा सम्झनाहरु आँखाको डिलमा नाच्न आउछन नै।


बिस्टे जी ,
१९-२० बर्ष पुरानो एतिहासिक घट्ना पनि सदियौं पुरानो, अझ बिरानो घट्ना जस्तो भाईसक्यो। बन्दूकको राजमा शान्तीपूर्ण आन्दोलन को कुनै स्थान हुँदैन। जानी न जानी परिवर्तन को बेगमा इन्कलाब जिन्दाबाद धेरै ले गाए।


चिप्लेजी,
सके सम्म कथाको थिमले दिए सम्म आफुले देखेको परिवर्तन र प्रतिपरिवर्तनका घट्नाक्रम लाई समेत्ने प्र्यत्नरत हुन्छु नै।
संझनामा थप सम्झनाहरु जोड्नु भयो, धन्यवाद।


नारायण जी,
अघी नै तपाईं को भावनालाई शिरोधार्य गरेको छु। बम, बन्दूक, त्रास अनी लाश ले परिवर्तन को अर्थ नै अनर्थ भैदियो । जे होस्, त्यो कपटको आन्दोलन थिएन। त्यो उज्यालोको आन्दोलन थियो। तर रथ हाक्नेले हाँक्न न जानेका ले भनुं या थाक्ने गरेका ले यो दुर्गाती हामी भोग्दै छौ। रथ हाक्ने बाटाभरी काँडा बिछ्याउनेहरु पनि त्यती कै थिए। काँडा राखेर चित्त बुझेन, बन्दूक बोकेर डाँडा काँडा धाए। शान्ती क्षेत्र नेपाल एका देश मै हराए।  


 
 


 

Read Full Discussion Thread for this article