Posted by: chipledhunga March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

चुरा फुटे सारी भयो चराहरु उडिगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैं भयो प्रवास् मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
हजार पात पातमा निषादको कथा जम्यो
अँधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

जलिरहेछ लाश भित्र भित्र कहिँ छातीमा
टुटेफुटेको स्वप्न झैं अंगार मात्र साथमा
जीवन ??? सरी भयो ?? मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

 
Read Full Discussion Thread for this article