Posted by: chipledhunga March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

ओहो ठुल्दाइ, १९ बर्ष अघिको कुराहरु सम्झाउनु भयो। म त्यतिबेला स्कुले छात्र नै थिएँ। आफूले त "देशको माटो सुहाउँदो" पञ्चायत ब्यवस्था र राजतन्त्रको गुणगान नै रटेर पढेको, किन यो आन्दोलन गरेको जस्तो लाग्थ्यो। आन्दोलन र त्यस पछिका मेरा केही सम्झनाहरु:

हरेक साँझ रेडियोमा सुनिने समाचार: तथाकथित असामाजिक तत्वहरुले तोड्फोड आदि के के गरेकाले प्रहरीले सम्झाइबुझाई गर्दा समेत अटेर गरेकोले वाध्य भै गोली चलाऊँदा यति संख्या घाइते भए अनि यतिको मृत्‍यु भयो।
मंगलबजार क्षेत्रमा धेरै ठाउँमा  खनेर अथवा ह्युम पाइप तेर्साएर बाटोहरु अवरुद्ध थिए। छेउ छेउबाट छलेर साईकल तथा मोटरसाइकल भने जान सक्थे। टायर बालेर सडक पूरै जस्तो कालो देखिन्थ्यो।
आन्दोलनको बेला सुनिने नारा: we want democracy , पछि चाँही democracy हाइ हाइ पम्फा देवी बाइ बाइ।
बिहान स्कुल त समयमै पुगिन्थ्यो तर धेरै चोटि छिटो छुट्टी हुँदा बस नआएर फर्किन गार्हो हुन्थ्यो, सधैं सार्वजनिक बस पनि चलेको हुन्नथ्यो।
आन्दोलन पश्चात टेकुमा प्रहरीहरुको निर्मम हत्या।
धाराको पानीमा बिष मिस्सिएको हल्ला अनि फोनबाट घर लुट्न आउने धम्कीहरु।
बेनामी भन्डाफोर पत्रिका: शाही परिवारको बारे अनेक होहल्ला।   

लौ लौ ठुल्दाइ, अघि बढोस् न छिटो।      
Read Full Discussion Thread for this article