Posted by: MR_TRUTH March 4, 2009
चंबलका डाँकुहरु
Login in to Rate this Post:     0       ?        
विदेशिने विद्यार्थीले यसरी तिर्दैछन् पाँच प्रतिशत
      चैतमा नीति बन्ने,आगामी आवदेखि लागू हुने  
रुबी रौनियार, काठमाडौं, फागुन २१
विदेश गएर पढ्ने नेपाली विद्यार्थीलाई समेत करको दायरामा ल्याउन सरकारले गृहकार्य सुरुगरेको छ। सम्पन्नबाट कर उठाएर गरीबका छोराछोरीलाई स्तरीय शिक्षा दिलाउने नीति अन्तर्गत यस्तो योजना थालिएको हो।
यसले शिक्षाको स्तरमा एकरुपता ल्याउने अर्थ मंत्रालयका सह सचिव लालमणि जोशीले बताए। प्याब्सनसँगको बैठकमा केहि दिनअघि अर्थमंत्री डा.बाबुराम भट्टराईले यो जानकारी दिएपछि सार्वजनिक भएको हो।
जोशीका अनुसार चैत दोश्रो साता यसबारे विस्तृत नीति बन्ने भएपनि विदेश जाने प्रोसेस गर्दाताकै विद्यार्थीबाट करको पैसा उठाउने हिसाबले यसको तयारी भइरहेको छ। यस अनुसार विद्यार्थीले कूल खर्चको पाँच प्रतिशत रकम सरकारलाई बुझाएर मात्र जान पाउने छन्।
Last edited: 13-Mar-09 03:08 AM
Read Full Discussion Thread for this article