Posted by: Rahuldai March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लौ मलाई बधाई के को ? मेरो छिमेकी को घरमा मेहमान आएको लाटि ।



छिमेकी भाउजुलाई अस्ती सोमबार अस्पातल लगिएको। मर्दा पर्दा चाहिने छिमेकी त्यो पनि ठुलदाइ को। दिन भरी अस्पातलमा।


त्यो बालक यो धरती मा पदार्पन गर्न मानेकै होइन। डाकटर् नर्स, बालक को पिता मिलेर ४- ५ घण्टा प्रयास गरे । "आउ बाबु आउ, ज्ञानी भएर आउ।" कती फकाए, आउन मान्दै मानेन।



बालक ले नेपाल भन्थाने छ । "बिजुली नभा देश मा के आउने ?"अँध्यारो देखी डर लाग्छ "   पो भन्छ , चम्बू बालक।


"नाइ नाइ आउँदैन, मान्छे मार्नेहरु को सरदार ले देश चलाएको छ।" बडा जिद्दी रहेछ।



रात को १० बजे बल्ल डाक्टर लाई एउटा गुरु मन्त्र सिकाएं। बालक लाई "यो नेपाल होइन अम्रिका हो, न डराउ । बिजुली पनि छ, पानी पनि छ ।"  भनेर ईमेल गर्न लगाएं र ।


बल्ल कैची लगाएर यो धरा मा पदार्पण गरे।

Read Full Discussion Thread for this article