आज घर जाने दिन पाँच घण्टाको यात्रा वाक्क लाग्न थालेको धनकुटा बाट मेरो मन बसेको झापा जाने दिन ,त्यस्ता दिनहरुको महत्व त्यसै पनि ज्यादा हुने गर्छ । भाइले पठाइदिएको दुई चोटि पढिसकेको फाइव पोईन्ट समवन फेरि पनि कपडाहरु कम कम नै राखेर भएपनि आफ्नो ब्यागमा हालेको थिएँ ,बाटोमा बाटो काट्ने , साझामा लेख्न मिल्ने ,केहि , अथवा कोहि जसको नाम प्रायश: म सुधा नै राख्ने गर्छु किन थाहा छैन भेटिएनन् भने अल्टरनेटिभ को रुपमा त्यो किताब युज गर्छु भनेर ।इयर फोन त कानमा छिराइसकेको थिएँ , भनिन्छ संगित ले धैर्यता दिने शक्ति राख्छ ।अब मेरो यात्रा पाँच बाट छ घण्टा भए पनि म खप्न सक्छु भन्ने मलाई थियो । माइक्रो मा कुना पट्टिको दोस्रो रो मेरो मन पर्ने सिट आज पनि एउटा माइक्रो छोडेरै भए पनि भेटेरै छोडेँ । पहिलो माइक्रोले मेरो आधा
घण्टा समय बचाइदिने थियो तर मैले त्यसो गरिन किनकि समय भन्दा आफुलाई मन पर्ने कुराहरुलाई ज्यादा महत्व दिन मन लाग्छ ।
जिरो पोइन्टमा गाडि रोकिएपछि मेरो लामो नशा थोरै कम भयो । बाहिर प्लस टु पढ्दै गरेका नै हुनु पर्छ उमेर हेर्दा त त्यस्तै नै लाग्थ्यो !!!! दुइजना को आगमन ले मेरो साझाको लागि नयाँ कन्टेन्ट भेटे जस्तो लाग्यो ।एउटा प्लट भेटाएजस्तो लाग्यो ।मैले घोरिएर हेरेँ , दुवैजना लाई डिटेल स्क्यान गरेँ एउटा मंगोलियन परेको अनुहार र एउटा आर्यन , मेरो बिहानको खोज त्यो आर्यन अनुहार मा टुंगिए जस्तो लाग्यो फेरि अर्कि सुधा भेटाए जस्तो लाग्यो !!!!!!!!!!!!!!आज मैले फाइव पोइन्ट समवन केलाउनु परेन शायद ,,,, मैले इयर फोन लाई पनि बिस्राम दिएँ ।दुवै जना मेरो अघि खालि भएको सिट मा आएर बसे ,अब म मात्र उनीहरुको आवाज सुन्न सक्थेँ अनि अनुहार कल्पना गर्न सक्थेँ चढ्ने बेलामा मैले यस्तो अनुहार देखेको थिएँ भनेर !!!!!!!!!!!!!!!
“तैँले नाक छेउको डण्डिफोर निचोरिस् कि के हो?”
उनीहरुको गफ शुरु भइसकेको थियो अघिल्लो रो मा !!!सुधाले मंगोलियन अनुहार प्रति इशारा गरेकी थिई ।मैले उसको अनुहार सम्झिन खोजेँ साधारणतय त्यस्ता मुहार हरु फेयर नै हुने गर्छन् नाक छोटो हुने गर्छ ।मैले सम्झिन खोजेको उसको अनुहार को नाक छेउमा डण्डिफोर थिएन ।
“किन ?” उसले अचम्म मानी ,मानौँ डण्डिफोर बढ्नु कुनै अस्वभाविक प्रतिक्रिया थियो ।
“होइन साइज ठूलो भए जस्तो लाग्यो !”सुधा खितित्त हाँसी ।
“तँलाई थाहा छ डण्डिफोर आउने ठाउँले तँलाई कुन क्याटागोरिको केटाले मन पराउँछ त्यो थाहा हुन्छ ?!!”
अब विषय रमाइलो भइरहेको थियो ,विषय उमेर अनुसारको थियो ,अनुहार को थियो ,मन परापर को थियो । माइक्रो ति दुईलाइ छोडेर मौन थियो ।बाहिर आक्रिति उल्टो दिशामा दगुरिरहेका थिए । मेरो कान उनीहरुको गफ मै मग्न थियो ।
“कसरि नि ?”
“निधार वरिपरि आए ए क्लासले ,नाक वरिपरि आए बि क्लासले चिउँडोको एरियामा आए सि क्लासले !!!!”
“भनेपछि म बि क्लासमा परेँ ।“ उ हाँसी ।
“तेरो जस्तो डण्डिफोर नभएकोलाइ नी ?”
“कसैले पनि मन पराउन्न होला नी!!!!!!!!!!!!!”
“होला होला जस्को पछाडी लाइन छन् , उही सोझि हुन्छे!”
“खोइ अरु अरु कुरा मात्रै गर्छ भन्दैन हेर न , कहिले पर्पोज गर्छ र एक्सेप्ट गरौँ भनेको पर्पोज नै गर्दैन ,कति सोझो होला के !!!!”
मलाइ मनमनैँ हाँस उठ्यो ,आजकी सुधा लाई कसैले पर्पोज गरिदिए एक्सेप्ट गर्थेँ भन्ने छ । उसले गरेको छैन । अनि आफ्नो बिगतलाई पनि दाँज्न खोजेँ मेरो पनि छ सात वर्ष अघि उमेर यस्तै थियो ।मैले पनि कसैलाई मन पराएँ ,मैले पनि भन्न सकिन ,मलाई पनि उसले यस्तै गरी कस्तो सोझो भनेर अरुको अघि गाली गरी होली । अस्ति उसैलाई भेटेको थिएँ । बुढाको बाइकको पछि बसेकी उसले चार वर्षको छोरो पनि चेपेकी थिई । बाइक उसैले रोक्न लगाएर एकछिन गफ गरी । बिहे गरेँ गरिन सोधी ,चाँडै गर्छु कोहि खोजिदेउ न भनेँ । मेरो सेल नम्बर लिइ अनी उनीहरुको बाइक हुइँकिएको थियो ।
“तँ हिजो क्लासमा थिइनस् नि सेकेण्ड लेक्चरमा !!!” म फेरि उनीहरुकै गफमा फर्किएँ
सानो यात्रामा मैले छ बर्ष अघिको अतित सम्झिएँ अनि बर्तमान मा फर्किन पनि भ्याएँ ।
“आज त तँ पनि छैनस् ।“ उ फेरि हाँसी , मैले सुनेको छु ,देखेको छु अनि भोगेको छु
यो उमेर मा हाँस्न लाई कारण चाहिन्न ।
“इँटहरि पुगेर बेलुका सम्म त फर्किनु पर्छ नि !!!! ” अर्किले थोरै चिन्ता जनाई ।
“आइपुग्छेस आइपुग्छेस कति आत्तिएकी?”
“उखु खान्छेस् ?”
सुधाले उसकी सहपाठीलाई प्रस्ताव राखी ।उसले स्विकारोक्तिमा टाउको हल्लाई । बाहिर घामले धुस्रिएकी एउटी वहिनिले बिक्रि भएको खुशि मिसिएको दुइटा उखुका टुक्रा सुधा तिर तेर्स्याई ।मुलघाट म यो बाटो हिँड्न थाल्नु धेरै अघि देखिनै उखु बेच्दै छ । धेरै चिनेजानेका अनुहार लाग्छन् मलाई त्यहाँका वहिनीहरु ,राम्रो गोलो ,हँसिलो अनुहार भए पनि घामले डढेका ,आशा बोकेका आँखा भएका ,परिस्थिति सँग जुध्दै शायद उनीहरुलाइ उखु नै जीवन मा भएको रस लाग्छ । तर उनीहरुलाई कसैले
पर्पोज नगरेको चिन्ता पनि त छैन,कसैले पर्पोज गरे एक्सेप्ट गर्ने रहर पनि छैन होला ।कसैले माया गरोस भन्ने त चाहना होला तर त्यो उनीहरु प्राथमिकता मा दोस्रो मा मात्र पर्ला ,माया गर्ने भन्दा पनि पाल्न सक्ने बुढो होस् भन्ने सोच्दो हुन् पहिलो चोटी !!!!! मान्छे गाँस ,बास र कपास बाट जब उकालो लाग्छ तब उसको एब्नर्मल बिह्याबियर शुरु हुन्छ । मान्छेको ब्यस्तता गाँस बास र कपास को लागि हुन्जेल उ साधारण सोच्छ , उसको सिमा खुम्चिएको हुन्छ उसका योजना साना र पुग्ने खाले हुन्छन्
।
एउटा उखु एक तिर थोरै सुकेको थियो । अर्को साट्न लगाउँ कि भन्ने सोचेँ , फेरि सोचेँ मैले अहिले उनीहरुको गफ मा अतिक्रमण गर्नु भनेको उनीहरुको वेग रोक्नु हो । उनीहरुलाई स्वच्छन्द छोडेर न म केहि नबोलिकनै पनि धेरै बुझिराखेको छु । मैले उखुमा केहि प्रतिकृया जनाइन ।