Posted by: Poon-Hill March 2, 2009
Nepali Congress at their Best - True Color
Login in to Rate this Post:     0       ?        

I have seen some visonary politicians in lower level in Nepali Congress, but seems the top ones are all rotten.


काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल


Filed under: समाचार र विचार — Administrator @ 4:30 pm


नेपाली कांग्रेसको शीर्ष नेताहरुको भेलामा धमलाको विषयलाई लिएर गम्भिर छलफल भएको बैठकपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज भएको शीर्ष नेतृत्वको छलफल पछि पत्रकारहरुसंग बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई सरकारले फसाउन अनेक प्रपञ्च रचेको बताउनुभयो । सरकार धमलालाई फसाएर प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको पौडेलको भनाइ थियो ।


सरकारले गलत नियतवश धमलालाई फँसाउन षडयन्त्र गरेको बताउँदै पौडेलले भन्नुभयो-सरकार छोरी कुटेर बुहारी तर्साउन खोज्दैछ। पत्रकारको कोसँग सम्पर्क हुँदैन ? स्वतन्त्र पत्रकारले जोसँग पनि फोनमा कुरा गर्न सक्छ। सरकारले माओवादीलाई आतंककारीको बिल्ला लगाउँदा पनि पत्रकारहरुले माओवादीसँग फोन सम्पर्क गरेका थिए, त्यतिबेला सरकारले पत्रकारमाथि यस्तो ज्यादति गरेको थियो त प्रश्न गर्दै पौडलले भन्नुभयो-सरकारले धमलामाथि लगाएको झुठा आरोपलाई सन्देहको घेरामा राखेको छ। प्रेसलाई आतंकित पार्ने र अधिनायकवाद लादने नियतले यी सबै काम भएको उहाँको आरोप थियो। स्वतन्त्र प्रेसमाथिको ज्यादति रोक्न कांग्रेसले एक दुई दिनमा नै पत्रकार सम्मेलन गरी सबैकुरा छर्लङ्ग पार्ने बताउनुभयो।
- धर्मराज अधिकारी nepalrc@gmail.com बाट


Reference: Mero Sansar, (2008) "काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल".


            http://www.mysansar.com/2009/03/4635.html#more-4635. Accessed Feb 2009.

Read Full Discussion Thread for this article